Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हो मैले एमाले फुटाएको हुँ – खुमबहादुर खड्का

काठमाडौं, १२ पुस। लामो समय छायाँमा परेका कांग्रेस नेता खुमबहादुर खड्का अहिले फेरी चर्चामा छन्। भ्रष्टाचार अभियोगमा झन्डै डेढ वर्ष जेल बसेर फर्केपछि उनी कांग्रेसको मूलधारभन्दा अलि फरक हिन्दू राज्यको अभियन्ताका रुपमा सक्रिय छन्।

पटक – पटक मन्त्री बनेका र देशको शक्तिशाली गृहमन्त्री बनेका खड्कामाथि २०५४ सालमा एमाले विभाजनको आरोप पनि छ। जसलाई उनी हाकाहाकी स्वीकार गर्छन्। ‘हो, एमाले मैले फुटाएको हुँ। नफुटाएको भए कांग्रेस अहिलेसम्म सकिइसक्थ्यो।’

खड्काका अनुसार एमालेका तत्कालिन विद्रोही नेता वामदेव गौतम र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबीच सरकार र चुनावमा मिलेर जाने सहमति भएको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ। ‘तर,वामदेवजीहरुमाथि ठूलो धोका भयो,’ खड्का थकथक मान्छन्। त्यसमाथि एमाले फुटाएको भन्दै तत्कालीन एमाले अध्यक्ष मनमोहन अधिकारीले दिएको श्राप आफूलाई लागेको उनी पनि उनी ठान्छन्। ‘साच्चै मलाई पापै लाग्यो। नत्र मेरो रोल अहिले यस्तो हुने थिएन होला। म यसरी कोठामा थन्किएर बस्ने हुन्थेँ र ?’खुमबहादुर विगतप्रति पश्चाताप गर्दै भन्छन्।





Comments

comments

3457