कुख्यात ‘विकिनी किलर’ चाल्र्स शोभराजको प्रेमकहानी ट्रयाजिडी उन्मुख छ। ६ वर्षअघि उनीसँगको प्रेम र विवाहका कारण संसारभरि चर्चाकी पात्र बनेकी निहिता विश्वास अहिले गुमनाम छिन्। पछिल्ला तीन वर्षदेखि त उनले शोभराजाई भेटेकी पनि छैनन् उनी पछिल्लो समय शोभराजसँग प्रेम र विहेप्रति पश्चाताप गर्न थालेकी छन्।
०६५ को दसैंमा आफूभन्दा ४५ वर्ष कान्छी निहितासँग टीका लगाएर शोभराजले जेलमै बिहे गरेका थिए। निहिता र शोभराजको मनमा एक–अर्काप्रति प्रेम अंकुराएको थियो।
आफ्नो प्रेमबारे निहिताले सार्वजनिक रुपमा बोलेर संसारलाई नै चकित पारेकी थिइन्। शोभराजको प्रेममा उनी यति क्रेजी भएकी थिइन् कि सर्वोच्च अदालतको फैसलालाई नै चुनौती दिइन्, त्यही अभियोगमा निहिता प्रहरी हिरासतमा पनि पुग्नुपर्यो।
शोभराजको प्रेममा त्यति आशक्त निहिताले पछिल्ला तीन वर्षमा उनलाइ भेटेकी पनि छैनन्। आमा शकुन्तलाका अनुसार पछिल्लो समय निहिता शोभराजलाई भेट्ने इच्छा नै गर्दिनन्। उबारे चासो पनि राख्दिनन्। सुन्धारास्थित केन्द्रीय कारागारमा सजाय काटिरहेका शोभराज भने निहितासित भेट्न चाहन्छन्। उनले बेलाबेला खबर पठाउने गरेका छन्।
बिहेपछिका तीन वर्षसम्म निहिता बारबार उनलाई भेट्न गइरहन्थिन्। स्रोतका अनुसार निहिता पछिल्लो समय आफ्नो सम्बन्धप्रति असन्तुष्ट छिन्। परिवार, आफन्त र साथीबाट उनलाई नयाँ व्याईफ्रेन्ड बनाउने सुझाव पनि आएको छ। तर त्यसप्रति पनि उनले चासो देखाएकी छैनन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)