मिनिट्रकले मोटरसाईकललाई ठक्कर दिंदा बाबुछोराको मृत्यु, श्रीमती घाईते…

सांकेतिक फोटो

काभ्रे, मिनिट्रकले मोटरसाईकललाई आइतवार विहान ठक्कर दिंदा बाबुछोराको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ का ३५ बर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ बर्षीय छोरा सुविन श्रेष्ठ रहेका छन्।

घटनामा मृतकका श्रीमती सुनीता श्रेष्ठ घाईते छन्। उनको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ। गम्भीर घाइते भएका बाबुछोरालाई अस्पतालमा मृत घोषित गरिएको हो।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाका अनुसार काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा बा ५ ख २३९० नम्बरको मिनि ट्रकले बा ५७ प ७२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो।

समाचार स्रोतका अनुसार उनीहरु कोरोनाभाइरसको संक्रमणबाट बाँच्न काठमाडौंबाट घर फर्कदै थिए।





Comments

comments

34779