आमा.. म तिम्रो काखमा रोएको त्यो बेला – कबि राई

सन् २०१२ मा एक्कासी धरानबाट हंगकंगमा बाबाको फोन आयो। तेरो आमालाई क्यान्सर भो, अब के गर्छस् भन्नुभयो।

म त छाँगाबाट खसेझैं भयो। त्यो दिनदेखि मलाई निन्द्रा लाग्नु छोड्यो। सुत्न सकिरहेको थिइन्, राति ३ ,४ बजे एक्कासी शब्दहरु मनमा आयो
” आमा म तिम्रो काखमा रोएको त्यो बेला “
कति पीडा तिमीलाई हुने गर्थ्यो होला
तिमी नै जन्मजननी , तिमी नै सृष्टिकी धनि सृष्टि
तिमी नै ममताकी खानी
आमा म तिम्रो हात समाई हिडेको त्यो बेला
कति खुसी तिम्रो मुहारमा झल्किन्थ्यो होला
अर्को जन्ममा पनि तिम्रै कोखमा जन्मी
हुन पाउँ धेरै भाग्यमानी

त्यही कोरेका मेरा मनका भावहरुलाई आदरणीय दिनेश सुब्बा दाईलाई देखाए। ठीक छ भनेर दाइले मलाई देउ भनेर लानु भो र दाइ भोलिपल्ट नै मेरो फास्टफुडमा आउनुभएर कवि मैले तिम्रो गीत सकि दिए भन्नू भो, मत छक्क परे। दाईले लयसहित सुनाउनु भयो। मलाई सार्है मनपर्यो।

.

उता धरानबाट खबर आएकोले हतार -हतार गरेर धरान आएर आमालाई घरपरिवारको सल्लाहमा लखनउ लगे। त्यो बेला मेरो आमाको कस्तो कस्तो हालतमा देखे। आमालाई ६-६ महिनामा लखनउ लानुपर्ने। आमालाई केहि सन्चो महसुस भएको महसुस गरेको थिए। तर जब मेरो आमालाई रोग लाग्यो अनि मलाई दशा लाग्नु थालिसकेछ। मान्छेहरु यति सार्हो गिर्दो रैछ, मैले पार्टनर बनाएको र काम सिकाएको मान्छेले मलाई नै जालझेल गरेर मेरो फास्टफुड एकलौटी बनायो। मैले पनि संसारको रित नै यस्तै रैछ भनेर छोडिदिए।

यस पालि चै आफै बिरामी भएं। बिरामपछि केहि सन्चो भएपछि यसो सोचे – बुढाबुढी भै सक्नुभयो बाबा र आमाहरु, बरु नेपाल गएर केही समय उहाहरुसंगै बस्छु भनेर नेपाल आए। नेपालमा दिनचर्या चलिरहेको थियो, म पनि बाबा, आम साथीभाईहरुको सामिप्यतामा केही तन्ग्रिदै थिए। केहि हदसम्म राम्रो अनुभव भैरहेको थियो। समयको परिचक्र पनि कस्तो भने जाति भैसकेको आमाको व्यथा फेरि शुरु भयो।

.

फेरि नेपालको डाक्टरहरुबाट लखनउ नै लैजाने सल्लाह दिनुभयो। त्यहाँ लगेपछि ढुंगा भएको थाहा भयो। आमाले पनि कस्तो -कस्तो रोग पचाए नाथे ढुंगा भनेर भन्नुहुन्थ्यो । मलाई पनि लाग्यो! नाथे ढुंगा त हो अब त आमा जति हुनुहुन्छ भनेर सोचे। धरान फर्केपछि केही समयपछि म सालोको बिहेमा जानू तरखर गर्दै थिएं। तब आमाले ला तलाई पैसा फूलबारी बना भन्दै दिनु भो, म बिहेमा गएर आउँछु भन्दै पैसा लिइन। आमा बिना बहिनीसंग गफ गर्दै हुनुहुन्थ्यो। म चै गफ गर्दै बस्नु है भनेर हिडे।

भोलि अचानक भतिजले फोन गरेर अङ्कल बोजु त सार्हो हुनु भो भन्छ। मत तीन छक्क परे। मजाले कुदि हिडेको मान्छे कसरी यस्तो भयो मैले केहि सोच्न सकिंन। बिराटनगरको नोबेल हस्पिटलमा २:२५ बजे पुगे सबै आफन्तहरु देखे। बाबा पनि भित्र छिर्नु खोजे। बहिनीहरु थिए छिर्न दिएन।

.

एकछिनमा छिर्दा मुटुको धड्कन त 24,25 मात्र देखेर डाक्टरले छोरा भन्दै आउनुभयो, म हो भने मैले। अब हामीले लगाउने दबाई लगाई दिएको छौं अब केही गर्नु सक्दिनौं भन्नुभयो। मेरो त सबै गलेर आयो। सानोमा आमाले मेरो चिना हेराउदा तँ चै आमाको अन्तिम सास जाने बेलामा साथै हुन्छस् भनेर भन्नुभएको थियो। सोही कुरा सम्झेर हस्पिटल पुगेपछि मलाई आमाको छेउ जान पनि डरलागि रहेको थियो र जान सकिरहेको थिईन। डाक्टरले भनि सकेपछि डराउदै भित्र गएं। ए आमा – आमा भन्दै बोलाए हात सुम्सुम्याएं।

मिसिनबाट प्लस घट्दै घट्दै गयो र शून्यमा आयो मैले केहि सोच्ने सकिंन। त्यसपछि सबै परिवार मिलेर कति बेला बीपी हस्पिटल, धरान आई पुगेछौं। केही पत्तो भएन। आमाको मृत शरीर बीपीमा फ्रिजमा राखेर घरमा आउनु पनि मन लागेन के गर्नु। आफूलाई मनमनै सम्हालें। अब पनि मलाई हेर्नुछ यो दशाले कहिले छोड्ने हो भन्दै मेरो आफन्तहरु, साथीभाई, दिदीबहिनीहरुलाई सबै सबैलाई धन्यवाद दिदै मेरो आमा जहाँ भएपनि जहाँ रहेपनि मेरो आमाको आत्मालाई शान्ति मिलोस्। सदैब सम्झना आमा।

अर्को जन्ममा पनि तिम्रै कोखमा जन्मी हुन पाउँ धेरै भाग्यमानी

आमा म तिम्रो काखमा रोएको त्यो बेला –





Comments

comments

Trending Now : सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता २० जनाको खोजीकार्य जारी
34810