स्पेनमा ४ नेपालीलाई कोरोनाभाइरस…

इटालीमा कोरोनाको कहर

बार्सिलोना, स्पेनमा चार जना नेपालीलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताएकी छन्।

क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार नेपाली पुरुषलाई संक्रमण भएको जनाइएको छ। उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको सान्पाओ अस्पतालमा र अन्य तीन जनाको स्थानीय हस्पितालेद अस्पतालमा उपचार भइरहेको छ। चारमध्ये गम्भीर अवस्थामा रहेका एक नेपालीको आईसीयूमा राखेर उपचार भइरहेको छ।

इटालीमा यो समाचार तयार पारुञ्जेलसम्म कोरोनाबाट चार हजार बढीको ज्यान गएको छ। झण्डै ६० हजार बढी संक्रमित भएका छन्।

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34928