पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपालीलाई कोरोना सङ्क्रमण..

कोरोना कहर

लिस्बन। पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

पोर्चुगलको राजधानी लिस्बनको मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएका एक नेपालीलाई दुई सातादेखि निरन्तर ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। त्यसपछि फ्ल्याटका अन्यको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा पनि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सङ्क्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेका छन्। उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारान्टिनमा राखिएको छ।

त्यसैगरी छेउको फ्ल्याटका पाँच जनालाई पनि क्वारान्टिनमा राखिएको जनाइएको छ। पोर्चुगलमा कोरोना भाइरस सङ्क्रमित नेपालीको संख्या ९ पुगेको जनाइएको छ।

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

35091