हङकङमा गहना पसल लुटपाट गरेको अभियोगमा ५ नेपालीसहित ६ जना पक्राउ

फोटो सौजन्यः द स्ट्यान्डर्ड डट कम एचके

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ अप्रिल। हङकङमा गहना पसल लुटपाट गरेको अभियोगमा पाँच नेपाली र एक पाकिस्तानी गरी ६ जना पक्राउ परेका छन्।

युन लङको काउ युक रोडस्थित ताई सुन गहना पसल लुटेको अभियोगमा १५ वर्षदेखि ४५ वर्ष उमेरका नेपाली र पाकिस्तानीमूलका छ जना मंगलवार पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये दुई सेकण्डरी स्कूलका विद्यार्थी, एक निर्माण क्षेत्रमा काम गर्ने श्रमिक र ३ बेरोजगार व्यक्ति रहेका छन्।

पक्राउ गर्ने क्रममा प्रहरीले उनीहरुबाट थोरै मात्रामा ड्रग्स, केही हतियार र परिमार्जित बन्दुक बरामद गरेको जनाएको छ। अपरेशनको बेला प्रहरीले हराएको कारसमेत फेला पारेको छ।

गत मार्च ३ तारिख हातियारधारी समूहले पसलबाट ६ लाख डलर बराबरको गहना लुटपाट गरेका थिए। लुटपाट भएको गहना बरामद हुन नसकेको र केही फरार रहेको प्रहरीले जनाएको छ।





Comments

comments

35349