नेपालमा एकै दिन १४ जना कोरोना संक्रमित, कहाँ कहाँ भेटिए?

फाइल फोटो

सम्वाददाता / एचकेनेपाल डट कम –

काठमाडौं, ५ वैशाख। नेपालमा एकैदिन १४ जनालाई कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको पुष्टि भएको छ।

सङ्क्रमितमध्ये १२ जना उदयपुरमा र दुई जना चितवनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

उदयपुरमा भेटिएका सङ्क्रमितमध्ये १० जना भारतीय रहेका छन्। उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका हुन्। त्यस्तै सोही मस्जिदमा भेटिएका वर्ष २९ र ४० का नेपाली नागरिक रहेका छन्।

राप्ती नगरपालिका घर भएका २ जना ६३ बर्षका महिला र २७ वर्षका पुरुष छन्। उनीहरु आमा छोरा हुन्।

ती दुबै जना ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35612