हङकङ सरकारले नि:शुल्क मास्क बाँड्दै…

क्यु मास्क

पशन तमू / एचकेनेपाल डट कम-

हङकङ, ६ मे। हङकङ सरकारले पुनः प्रयोग गर्न मिल्ने ६ लेयरको मास्क नि:शुल्क बाँड्ने भएपछि जनता उत्साहित भएका छन्।

मास्क प्राप्त गर्नको लागि बुधवार राति १० बजेसम्म १४ लाखभन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन्।

हङकङका बासिन्दाले नि:शुल्क मास्क प्राप्त गर्नको लागि अनलाइन नाम दर्ता गर्नु पर्ने छ। बुधवार विहान ७ बजेदेखि अनलाइन नाम दर्ता फाराम खुलि सकेको छ।

नाम दर्ता गर्ने सदस्यको परिवारले बढीमा ६ जनाले मास्क प्राप्त गर्ने छन्। नाम दर्ता गरिसकेपछि २ हप्ताभित्र घरको ढोकासम्मै मास्क ल्याइदिने भएको छ।

क्यु मास्क

क्यु मास्क नाम दिइएको यसलाई ६० पटकसम्म धोएर प्रयोग गर्न मिल्ने जनाइएको छ। ६ लेयरको प्रति मास्कको बजार मूल्य ४० डलर लाग्ने भए पनि सरकारले निशुल्क उपलव्ध गराउन लागेको हो।

क्यु मास्क

मे १३ देखि हङकङ बाहिर रहेका हङकङका स्थायी बासिन्दाले पनि नाम दर्ता गर्न पाउंने छन्। तर, मास्क पठाउंने घरको ठेगाना हङकङकै हुनु पर्ने छ। अनलाइन फाराम खुलेको १ घण्टाभित्र १ लाख जनाले आफ्नो नाम दर्ता गराइसकेका छन्।

नाम दर्ता गर्ने अनलाइन लिङ्कको लागि यहाँ क्लिक गर्नुहोस्

मास्क प्रयोग र सफा गर्ने तरिकाः

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36169