हङकङका मासु पाेलि खाने पार्कहरु मे २० सम्म बन्द रहने

फाइल फाेटाे

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ मे। हङकङमा काेराेना सङ्क्रमण घट्दै गइरहे पनि कृषि, मत्स्यपालन र संरक्षण विभाग (एएफसीडी) ले हङकङका कन्ट्री पार्क, बार्बेक्यु साइट र क्याम्पसाइटहरू मे २० तारिखसम्म बन्द रहने जनाएकाे छ।

विभागले यथासम्भव सामाजिक सम्पर्क घटाउन कन्ट्री पार्क, बार्बेक्यु साइट र क्याम्पसाइटहरू मे २० तारिखसम्म बन्द गर्ने बुधवार घोषणा गरेकाे हाे।

हङकङका १६३ बार्बेक्यु साइट र ४१ क्याम्पसाईटहरू विभागकाे व्यवस्थापनभित्र संचालित छन्। यसअघि विभागले २८ मार्चदेखि ७ मे साँझसम्म बन्द गरेकाे थियाे। यथासम्भव सामाजिक सम्पर्क घटाउन विभागले बन्दलाई २० मेसम्म लम्ब्याउने निर्णय गरेकाे हाे।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36207