अर्थर गन बने अमेरिकन आइडलको उपविजेता (भिडियाेसहित)

नेपाली युवा दिवेश पोखरेल (अर्थर गन)

न्युज डेस्क / एचकेनेपाल डट कम –

१७ मे। नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडल प्रतियाेगितामा उपविजेता भएका छन्।

सोमबार बिहान भएको १८ औं संस्करणको प्रतियाेगितामा जस्ट साम अमेरिकन आइडल घोषित भएकी छन्।

फाइनल राउण्डमा भोटिङका आधारमा सामले उपाधि चुमेकी हुन्। अर्थर गन भाेटिङकाे आधारमा उपविजेता बनेका छन्। धेरैले अर्थरले उपाधि चुम्ने अनुमान गरेका थिए।

काठमाडौंका अर्थर गन अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन्। अध्ययनका लागि सन् २०१४ मा उनी अमेरिका गएका थिए।

कोरोना भाइरसको महामारीका कारण अप्रिलदेखि घरबाटै भर्चुअल शो हुंदै आएकाे थियाे।

एबिसी टेलिभिजनबाट प्रसारण भएको अमेरिकन आइडलका निर्णायकहरुमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची थिए। लियोनल रिचीले अर्थरकाे गायिकीलाई बब मार्लीसँग दाज्दै आएका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36465