सङ्क्रमितको सङ्ख्या ३५ पुग्यो, झापा उच्च जोखिममा

फाइल फोटो

झापामा नोबेल कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ। तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फेला परेका थिए।

बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन्।

अहिले झापामा कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन्।

झापामा फेला परेका कूल सङ्क्रमितमध्ये ३३ जना भारतसँगको सीमावर्ति कचनकवल गाउँपालिकाका हुन्। यी सबै भारतबाट आएका हुन्। कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको छ । भारतबाट फर्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ। यसैबीच, झापामा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्लामा नै स्वाब परीक्षणसहित कोभिड १९ अस्पताल निर्माणको प्रक्रिया सुरु भएको छ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार झापामा कोभिड अस्पताल निर्माण र जिल्लामै स्वाब परीक्षणको व्यवस्था मिलाउने प्रक्रिया थाल्न निर्देशन भएको जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए। गोरखापत्र दैनिकमा समाचार छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36579