नेपालमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, ८ जेठ। नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पूर्वी तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ।

संक्रमितहरुमध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन्।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको छ ।

नेपालमा संक्रमितमध्ये ४५ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

36562