नेपालमा अलपत्र परेकालाई हङकङ फर्कन विशेष उडानहरु

फाइल फोटो

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ३१ मे। हङकङ सरकारले लकडाउनका कारण नेपालमा अलपत्र परेका हङकङबासीलाई घर फर्कन अस्थायीरुपमा विशेष उडानहरुको व्यवस्था गर्ने भएको छ।

सरकारका प्रवक्ताले नेपालमा रहेका हङकङबासीलाई हङकङ ल्याउन सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावास र स्थानीय एयरलाइन्ससँग समन्वय गरेर विशेष उडानहरुको व्यवस्था गरेको आइतवार बताएका छन्।

विशेष उडानहरू अस्थायी रूपमा जून १ बाट पहिलो खेप शुरु हुने भएका छन्।

हङकङ आइपुगेपछि नेपालबाट फर्केका व्यक्तिहरूलाई कोविड १९ परीक्षणको लागि स्वास्थ्य विभागको अस्थायी नमूना संग्रह केन्द्र एशियावर्ल्ड-एक्सपोमा लगिनेछन्। थ्रोट स्वाब संकलन गरेपछि उनीहरुलाई फो टानस्थित चुन येउङ एस्टेटको क्वारान्टिन सेन्टरमा १४ दिन अलगै राखिने छन्।

कोरोना महामारीको अवस्थालाई ध्यानमा राख्दै नेपालले मार्चको अन्तदेखि लकडाउन गरेर सबै यातायातमा कडा प्रतिबन्ध लगाएको छ। लकडाउनका कारण घर फर्कन नसकेपछि अलपत्र हङकङबासीले सहयोगका लागि सरकारसंग आग्रह गर्दै आईरहेका थिए।

हङकङको सुरक्षा ब्यूरो र अध्यागमन विभागले नेपालस्थित चिनियाँ दूतावास र जन गणतन्त्र चीनको परराष्ट्र मन्त्रालयका आयुक्तको कार्यालयसँग र हङकङस्थित नेपाली महावाणिज्य दूतावासको सहकार्यमा अलपत्र हङकङबासीलाई हङकङ ल्याउन लागिएको हो।

मे ३० तारिखसम्म अध्यागमन विभागले करीव १३०० जनाले हङकङ फर्कन चाहेको अनुरोध प्राप्त गरेको बताएको छ। अनुरोध गर्नेहरुमा अधिकांश नेपालको मध्य भाग बागमती र गण्डकीमा बस्नेहरु रहेकाछन्।

सरकारले हङकङस्थित नेपाली महावाणिज्य दूतावास र एयरलाइन्ससंग सहकार्य गरेर नेपालमा अलपत्र परेका हङकङबासीलाई व्यवस्थितढंगले घर फर्काउने पहल जारी राख्ने बताएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36837