यस वर्ष हङकङ बन्यो विश्वकै महँगो शहर…

फाइल फोटो

एजेन्सी –
हङकङ, १४ जुन। यस वर्ष पनि हङकङ विश्वकै महँगो शहर बनेको छ। मर्सरले लिएको २०२० कस्ट अफ लिभिङ सर्भेका आधारमा हङकङ विश्वकै महँगो शहर भएको हो।

खाद्यान्न, हाउजिङ, यातायात, मनोरन्जन र घरधुरी लगायत २०० भन्दा बढी बस्तुको प्रतिस्पर्धी मूल्यका आधारमा ४०० शहरमा यो अध्ययन गरिएको थियो।

यो सर्भेका आधारमा हङकङ पहिलो स्थानमा परेको हो। दोस्रोमा आस्गावाद रहेको छ। टोकियो र जुरिच तेस्रो र चौथो स्थानमा परेका छन्।

विगतका वर्षहरुमा बारम्बार विश्वकै महँगो शहरको रुपमा रहदै आएको सिंगापुर पाँचौ स्थानमा परेको छ। बर्न आठौ, स्वीस शहर जेनेभा नवौ र बेइजिङ दशौ स्थानमा परेका छन्। विश्वकै सस्ता शहरहरुमा ट्यूनिस, विन्डहक, तासकेन्त र बिसेक रहेका छन्। यो समाचार काराेबारबाट साभार गरिएकाे हो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

37148