स्वास्थ्यचौकी जान डराउँछन् गर्भवती

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

हेटौंडाकी एक गर्भवतीले गर्भपरीक्षणका लागि स्वास्थ्यचौकी जान डर लागेको बताइन्। गर्भवती र सुत्केरीको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले कोरोना भाइरस मात्र होइन, जुनसकै रोग पनि चाँडै सर्ने गर्छ भन्ने उनलाई लागेको छ।

हेटौंडा–१४ कै अर्की गर्भवतीलाई घाँटीको समस्या छ । उनी अस्पताल जान सकेकी छैनन् । अस्पतालमा कोरोना लाग्न सक्ने भएकाले जान डर लागेको उनले बताइन् । गर्भवती भएको बेलामा घरमै बसिरहनुपर्दा मानसिक चिन्ता पनि भएको उनले बताइन्।

फाइल फोटो

समयमा गर्भजाँच गर्न नपाउने र किनमेलमा कठिनाइ तथा आम्दानी नहुँदा पोषिलो खाना अभावलगायत समस्या झेल्न परेको उनीहरुको गुनासो छ।

अस्पतालमा सामान्य अबस्थामा सुत्केरी गराएर घर पठाइएका महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । जेठ १६ गते हेटौंडा–१ की गर्भवतीमा कोरोना भाइरस देखिएपछि यहाँका गर्भवती त्रसित छन् । गर्भवतीहरु गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा कसरी जाने भनेर चिन्तित हुन थालेका छन्।

सुत्केरी पनि अस्पताल जान डराएका छन् । घरबाहिर निस्कन डराउँदा महिलाहरु नियमित परीक्षण गराउनबाट वञ्चित हुँदै आएका छन्। अस्पताललगायत स्वास्थ्य संस्थाबाट कोरोना भाइरस सरेको चर्चा चलेकाले अधिकांश गर्भवती र सुत्केरी स्वास्थ्य सेवा लिन डराएका छन्।

लकडाउनबाट उत्पन्न यी समस्या साझा हुन् । तर, गर्भवती अवस्था विशेष अवस्था भएकाले लकडाउनको बढी प्रभाव विपन्न परिवारका गर्भवती र बालबालिकालाई पर्न गएको छ।

हेटौंडा–१४ स्थित मयूरधापमा रहेको मयूरधाप शहरी स्वास्थ्य केन्द्रमा पहिलाजस्तो गर्भवती गर्भपरीक्षण गर्न आउन छाडेका स्वास्थ्यकर्मी अंशु लामाले बताउनुभयो । ‘गर्भवतीहरु स्वास्थ्यचौकी आउन डराएका छन्,’ उहाँले भन्नुभयो– ‘कोरोना भाइरसका कारण सबभन्दा धेरै समस्यामा गर्भवती र सुत्केरी छन्।’ यो समाचार नेपाल समाचारपत्रले प्रकाशन गरेको छ।

 CountryCasesDeaths
🇺🇸 USA2,727,853130,122
🇧🇷Brazil1,408,48559,656
🇷🇺Russia647,8499,320
🇮🇳India585,79217,410
🇬🇧UK312,65443,730
🇪🇸Spain296,35128,355
🇵🇪Peru285,2139,677
🇨🇱 Chile279,393 5,688
🇮🇹Italy240,57834,767
🇮🇷Iran227,66210,817
🇲🇽 Mexico226,08927,769
🇵🇰Pakistan 209,3374,304
🇹🇷 Turkey199,9065,131
🇩🇪Germany195,8329,052
🇸🇦 Saudi Arabia190,8231,649
🇫🇷France164,80129,843




Comments

comments

Trending Now : इन्जिनियरको कमाइ ५ करोड रुपैयाँ !
37386