वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

विजय थापा / एचकेनेपाल डट कम –

डिसी। वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाँकी धर्मपत्नी कविता केसी महत दुवै कोरोनाबाट संक्रमित हुनु भएको छ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहंदा दम्पत्ति कोभिड-१९ बाट संक्रमित हुनु भएको हो। वरिष्ठ लोकगायक महतले शुक्रबार दिउसो सामाजिक संजाल फेसबुकमार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गर्नु भएको छ।

महत दम्पति

अमेरिकामा कोरोनाको प्रारम्भदेखि नै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आउनु भएका महत आफै संक्रमित हुनु भएको छ।

कोरोनाको महामारीमा पूर्ण सतर्कता, सावधान, सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदा अपनाउदै पनि दम्पति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ। सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने बिश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउने वाला छैन भनि अपिल गर्नु भएको छ।

नेपाल हाउस

उहाले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बंच्न सकेनौ भन्नु भएको छ। महाबाणिज्यदूत महतले हाल आफ्नै घरको एक एक कोठामा आईसोलेसन (एकान्तवास) बसेको जनाउनु भएको छ।

उहाका सुपुत्र डा.सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं भनि सामाजिक संजालमा उल्लेख गर्नु भएको छ।

वरिष्ठ कलाकार तथा समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सु-सूचित हुने मौका दिनु हुनेछ भन्नु हुदै सबैमा अनुरोध गर्नु भएको छ।

साथै उहाले ईमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र बिश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ भनि जनचेतनाको लागि आब्हान गर्नु भएको छ।





Comments

comments

37953