काठमाडौंमा कहाँ कतिलाई संक्रमण?

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ। सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ जना संक्रमित पुगेका छन् । काठमाडौंको महाराजगन्ज क्षेत्रमा ३ सय ३८, नक्साल क्षेत्रमा १ सय ३१ संक्रमित पुगेका छन्।

यस्तै, धुम्बाराही क्षेत्रमा १ सय ७४, चावहिल क्षेत्रमा १ सय ६०, जयवागेश्वरी, गौशाला क्षेत्रमा १ सय १६ संक्रमित थपिएका छन् । यस्तै, पुरानो बानेश्वर–बत्तिसपुतली क्षेत्रमा १ सय २२, बुद्धनगर–बानेश्वर हाइट क्षेत्रमा १ सय २८, बबरमहल–त्रिपुरेश्वर क्षेत्रमा २ सय ८० जनामा संक्रमण देखिएको छ।

फाइल फोटो

काठमाडौं महानगरपालिकाका अनुसार कलंकी–रविभवन क्षेत्रमा २ सय ४४, स्वयम्भू क्षेत्रमा ४ सय ७७, वनस्थली–बालाजु क्षेत्रमा ३ सय ८७, सामाखुसी–म्हैपी क्षेत्रमा १ सय ५६ जनामा संक्रमण देखिएको छ । भोटाहिटी–असन क्षेत्रमा २ सय ५९, नयाँ बानेश्वर–मीनभवन क्षेत्रमा १ सय १८, बागबजार–भृकुटीमण्डप क्षेत्रमा २ सय ३१ र सिनामंगल–कोटेश्वर चोक क्षेत्रतर्फ २ सय ९४ जनामा संक्रमण देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

संक्रमितमध्ये काठमाडौंका ३८ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंका १ हजार ४ सय ७० जना डिस्चार्ज भएका छन् । संक्रमितको सम्पर्कमा आएका ११ हजार ८ सय ६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ। राजधानी दैनिकमा समाचार छ।





Comments

comments

38463