नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न !

नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ।

भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद गरेको हो । तर, तस्करीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। बरामद सुनको मूल्य करिब १८ करोड रुपैयाँ छ।

सुन बरामद भएको फ्ल्याट भारत रक्सौल पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले उनकै सुन भएको हुन सक्ने पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । सिन्हा कहिलेकाहीँ मात्र नेपाल आउने गरेको उनको भनाइ छ । सुन दराजभित्र राखिएको अवस्थामा बरामद भएको हो।

फाइल फोटो

सिन्हाको समूहले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको प्रहरी आशंका छ । सिन्हा बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् । वीरगन्जमा सुन बरामद भएपछि बिहारमा हुन लागेको चुनाव र सुन तस्करीलाई जोडेर भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।





Comments

comments

38888