हङकङमा नेपाल एयरलाइन्सलाई तेश्रो पटक प्रतिबन्ध…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ नोभेम्बर। हङकङ सरकारले नेपालबाट हङकङ आएका ७ जना यात्रुमा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालबाट हङकङका लागि हुने सबै उडानमाथि पुनः प्रतिबन्ध लगाएको छ।

हङकङमा बुधवार थप १८ जनामा ​कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ। संक्रमितमध्ये १५ जना आयातित र ३ जना स्थानीय रहेका छन्। आयातितमध्ये ७ जना नेपालको आरए फ्लाइड नं. ४०९ बाट हङकङ आएका रहेका छन्।

यात्रुसंगै कोरोना संक्रमित भित्रिएपछि यसअघि पनि दुई पटक नेपालको उडानमाथि हङकङ सरकारले प्रतिबन्ध लगाएको थियो। पछिल्लो पटक ४ नोभेम्बरपछि खुला भएको उडानपछि पुनः तेश्रो पटक प्रतिबन्ध लगाइएको हो।

फाइल फोटो

नेपालबाट हुने सबै उडान दुई हप्ताको लागि नोभेम्बर १२ देखि नोभेम्बर २५ तारिखसम्म प्रतिबन्धित हुने भएको छ।

हङकङमा कोरोना संक्रमितको संख्या ५,५४०८ पुगेको छ। ५,१५९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ९३ जनाको उपचार भइरहेको छ। ६ जना कोरोनाका विरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ। कोरोनाबाट हङकङमा १०८ जनाको ज्यान गइसकेको छ।





Comments

comments

39213