हङकङमा कोरोनाको लक्षण मिल्ने फ्लूको प्रकोप, बच्चाहरु भकाभक विरामी परेपछि विद्यालयहरु बन्द…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ नोभेम्बर। हङकङमा कोरोना भाइरसको जस्तो लक्षणसहित फ्लूको प्रकोपले बच्चाहरु भकाभक विरामी परेपछि विद्यालयहरु बन्द गरिएका छन्।

खाद्य तथा स्वास्थ्य सचिव डा. सोफिया चानले विहीवार युआरटीआई ( upper respiratory tract infections) प्रकोपले झण्डै २ हजार बालबालिकाहरु विरामी भएको बताएकी छिन्। विरामीमध्ये ६० प्रतिशत किन्डरगार्टेन तथा बाल हेरचाह केन्द्रका बालबालिकाहरु रहेका छन्।

स्वास्थ्य सचिव चानका अनुसार हङकङका १७१ विद्यालय खास गरी किन्डरगार्टेन तथा बाल हेरचाह केन्द्रहरूमा युआरटीआईको प्रकोप देखिएको छ।

फोटो सौजन्यः द स्ट्याण्डर्ड

सा-साना बालबालिका लक्षित प्रकोप बढ्दै गएपछि सरकारले सबै किन्डरगार्टेन तथा बाल हेरचाह केन्द्रहरू नोभेम्बर १४ तारिखदेखि २७ तारिखसम्म १४ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ।

युआरटीआईको प्रकोपका कारण केही विद्यालयहरुले फेस टु फेस कक्षा बन्द गरेर घरबाटै अनलाइन कक्षा संचालन गरेका छन्।





Comments

comments

39233