हङकङले यसरी गर्यो नयाँ वर्षलाई स्वागत…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ जनवरी। हङकङले तामझाम र आतिशबाजीबिना नयाँ वर्ष २०२१ लाई स्वागत गर्दै २०२० लाई बिदाई गरेको छ।

न कुनै तामझाम न कुनै आतिशबाजी, न कुनै उल्लास न कुनै उमंग।

कोभिड १९ को महामारीको चौंथो लहरसंगै हङकङले दुई जनाभन्दा बढी संगै हिडडूल र भेला हुन नपाउंने पावन्दी लगाएपछि हङकङेली जनताले घरभित्रै बसेर नयाँ वर्षको शुभकामना एकार्कासंग साटासाट गरे।

नक्कली फायरवर्क्स

हङकङबासीले हङकङ टुरिजम बोर्डले तयार पारेको दुई मिनेटको डिजिटल शुभेच्छा र आतिशवाजी (फायरवर्क्स) लाई टिभी, फोन र ट्याबलेटहरुमा हेरेर चित्त बुझाए।

भिक्टोरिया हार्वरमाथिको आतिशबाजी हेर्दा सबैजना दंग परे। तर त्यहाँ आसपासमा रहनेलाई थाहा थियो। भिक्टोरिया हार्वरमाथिको कुनै आतिशवाजी भइरहेको थिएन। सुनसान समुद्र कोरोनाको आतंक ओडेर सुतिरहेका थिए।

टिभीहरुले हङकङ टुरिजम बोर्डले तयार पारेको डिजिटल फायरवर्क्स (आतिशबाजी)लाई त्यही समयमा प्रसारण गरिरहेका थिए। जतिबेला मध्यरातको ठीक १२ बजेको थियो।

र सबै जना कराइ रहेका थिए … ह्यापी न्यु इयर २०२१
हार्दिक शुभकामना…

२०२० यसरी नै समाप्त भयो – फेस मास्क, सामाजिक दूरी, लकडाउन, मनोरन्जन केन्द्र बन्द, गम्भीर समाचार, कोरोना भाइरस संक्रमण र भाइरसबाट मृत्यु।

अबको साल सुखद होस्, विश्वभर खुशिको वातावरण छावोस्।

.
.
.
.
.
.
.
.

फोटोः हङकङ टुरिजम बोर्ड

हेर्नुहोस् भिडियो

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39858