हङकङमा चिसोले २ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० जनवरी। हङकङमा चिसोको कारण दुई जनाको मृत्यु भएको छ।

अत्याधिक चिसोका कारण मृत्यु हुनेहरुमा दुई जना ज्येष्ठ नागरिक रहेका छन्। शाऊ केई वानको यियू हिङ रोडस्थित नर्सिंग होममा बस्ने ९६ वर्षीया महिला र किंग्स रोड, क्वारी बेमा बस्ने एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको जनाइएको छ।

चिसोले अचेत भएपछि उनीहरुलाई अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको स्थानीय पत्रिकाले जनाएको छ।

हिजो शनिवार पनि ५ जना ज्येष्ठ नागरिकको चिसोको कारण मृत्यु भएको थियो।

फोटो सौजन्यः साचामपो

ताई मो शान डाँडामा बिहान २.२ डिग्री सेल्सियस तामक्रम मापन गरिको छ भने शहरी क्षेत्रमा १० डिग्री सेल्सियस मापन गरिएको छ।

हिजो शनिवार बिहान ताई मो शान डाँडाको तापक्रम माइनस १.३ डिग्री सेल्सियस मापन गरिएको थियो।

हङकङमा केही दिनसम्म अझै चिसो बढ्ने हङकङ अब्जरभेटरीले जनाएको छ।

एक हृदय रोग विशेषज्ञले तापक्रममा अचानक गिरावटले हृदयघातको जोखिम बढाउँन सक्ने भन्दै जाडो याममा ज्येष्ठ नागरिकहरुप्रति विशेष ध्यान दिन आग्रह गरेका छन्।





Comments

comments

39974