हङकङ कोरोना अपडेट : ६० सङ्क्रमित थपिए, २ को मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ६० जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,२८३ पुगेको छ। सङ्क्रमितहरुमा ५७ स्थानीय र ३ आयातित रहेका छन्।

आयातितमध्ये दुबई, काजाकिस्तान र अमेरिकाबाट आएका रहेका छन्।

संक्रमितहरुमध्ये ३६ पुराना केससंग संबन्धित छन् भने २१ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा ११ वर्षको बच्चादेखि ८८ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

आज पनि ४० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

सङ्क्रमितमध्ये १८ जना कम्युनिटी सेन्टरमा भएको परीक्षणबाट फेला परेका छन्। यो मा तेईमा अनिवार्य भाइरस टेस्ट गर्दा ४ जना सङ्क्रमित फेला परेका छन्।

नर्थ पोइन्टस्थित Tung Fat Building मा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ। साथै सोही भवनमा बस्ने थप ५ जनामा कोरोनाको प्रारम्भिक लक्षण देखिएको छ।

समाचार अपडेट भिडियो

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Man King Building Jordan, Shun On Building Mong Kok, Shanghai Mansion Pitt Street र 434 Shanghai Street रहेका छन्।

त्यसै गरी, Tip Yee House of Butterfly Estate Tuen Mun, Cheung Wan Building To Kwa Wan, Yee Man House Ho Man Tin Estate, Toa Shue House Lei Muk Shue Estate, Lynwood Court Block 9 Kingswood Villas Phase 5 Yuen Long, र Wah Hei House Tung Hei Court Sai Wan Ho रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,१६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८५६ जनाको उपचार भइरहेको छ। ३२ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट थप २ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ५६ वर्षीय पुरुष र ६७ वर्षीया महिला रहेका छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

फाइल फोटो




Comments

comments

40288