हङकङ कोरोना न्युज अपडेट : १७ सङ्क्रमित थपिए, २ महिनामा सब भन्दा कम, १८ देखि सामाजिक दूरीमा सहजता ल्याउने…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० फेब्रुवरी। सेन्टर फर हेल्थ प्रोटेशनले २४ घण्टाभित्र हङकङमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ।

संक्रमितहरुमध्ये सबै १७ जना स्थानीय रहेका छन्। यो दुई महिना यताकै सब भन्दा कम सङ्क्रमित संख्या हो।

अहिलेसम्म हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,७११ पुगेको छ।

फाइल फोटो

संक्रमितहरुमध्ये १३ पुराना केससंग संबन्धित छन् भने ४ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा १३ देखि ७२ वर्ष उमेर बीचका ८ पुरूष र ९ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,०२२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ४५० जनाको उपचार भइरहेको छ। २२ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८९ पुगेको छ।

१८ फेब्रुअरीदेखि सामाजिक दूरीमा सहजता ल्याउने, सामान्य सार्वजनिक सेवाहरू पुनः सुचारु

सरकारका प्रवक्ताले महामारीको पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै १८ फेब्रुअरीदेखि सरकारका सबै विभागहरूमा सामान्य सार्वजनिक सेवाहरू पूर्ण रूपमा पुनः सुरु हुने बताएका छन्।

त्यसैगरी, सोही दिनदेखि सामाजिक दूरीमा सहजता ल्याउने भएको छ। सबै इनडोर र आउटडोर खेल केन्द्रहरू, संग्रहालयहरू, सौन्दर्य र मसाज पार्लरहरू, सार्वजनिक प्रदर्शन स्थलहरू, सिनेमाघरहरू, स्नूकर / बिलियर्ड केन्द्रहरू, फिटनेस केन्द्रहरू, आर्केड खेल केन्द्रहरू फेरि खोल्न अनुमति दिइनेछ।





Comments

comments

40579