हङकङ कोरोना न्युज अपडेट : २४ सङ्क्रमित थपिए, थप १ को मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ फेब्रुवरी। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ।

संक्रमितहरुमध्ये १८ जना स्थानीय र ५ जना आयातित रहेका छन्। यससंगै, कोरोना सङ्क्रमितको संख्या हङकङमा १०,७५६ पुगेको छ।

आयातित संक्रमितहरुमा १ फिलिपिनो घरेलु सहयोगी, २ इन्डोनेसियाका घरेलु सहयोगी, १ रसिया, १ दुबई र १ जना भारतबाट आएका रहेका छन्।

संक्रमितहरुमध्ये ९ पुराना केससंग संबन्धित छन् भने ९ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ६ देखि ६८ वर्ष उमेर बीचका १० पुरूष र १४ महिला रहेका छन्।

फाइल फोटो

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,१३६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३७३ जनाको उपचार भइरहेको छ। २२ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

आज पनि थप १ जना विरामीको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या हङकङमा १९२ पुगेको छ।









Comments

comments

Trending Now : बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
40612