हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ मार्च। हङकङमा आज आइतवार पनि स्थानीय कोरोना सङ्क्रमित संख्या शून्यमा झरेको छ।

यद्यपि २४ घण्टामा हङकङमा १ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ। ५ महिना यता कोरोना सङ्क्रमितको संख्या यति थोरैमा झरेको यो पहिलो पटक हो।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४४७ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी १ जना २४ वर्षीया महिला रहेकी छन्। हिजो शनिवार आयातित सङ्क्रमित संख्या ६ रहेका थिए। उनीहरु भारतबाट २, फिलिपिन्सबाट २, पाकिस्तानबाट १ र इन्डोनेसियाबाट आएका १ जना रहेका थिए।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,०४० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १६४ जनाको उपचार भइरहेको छ। १० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41266