हङकङ कोरोना न्युज अपडेट : १९ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ अप्रिल। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५०० पुगेको छ।

संक्रमितहरुमध्ये ७ स्थानीय र १२ जना आयातित रहेका छन्।

आयातित सङ्क्रमितमा २ इन्डोनेसियाका घरेलु सहयोगी, ६ फिलिपिन्सका घरेलु सहयोगीहरू (सबै भेरियन्ट वाहक), १ पाकिस्तानबाट (भेरियन्ट वाहक), १ बोत्सवानाबाट, १ क्यानाडाबाट र १ बच्चा आयरल्यान्डबाट आएका रहेका छन्।

सङ्क्रमितहरुमध्ये ६ पुराना केससंग संबन्धित छन् भने १ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ५ महिनादेखि ७२ वर्ष उमेर बीचका ७ पुरूष र १२ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१२१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १२३ जनाको उपचार भइरहेको छ। ९ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41334