हङकङ कोरोना न्युज अपडेट : ८ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ अप्रिल। हङकङमा आज बुधवार ६ आयातित र २ स्थानीय गरी ८ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५४० पुगेको छ।

आयातित सङ्क्रमितमा २ जना पाकिस्तनाबाट, २ जना भारतबाट, १ जना फिलिपिन्सबाट र १ जना इजिप्टबाट आएका रहेका छन्।

२ जना स्थानीय सङ्क्रमितको सङ्क्रमणको स्रोत खुलेको छैन।

कुल सङ्क्रमितहरूमा १ देखि ७१ वर्ष उमेर बीचका ५ पुरूष र ३ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१६३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३३ जनाको उपचार भइरहेको छ। ९ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41399