हङकङ कोरोना न्युज अपडेट : १० सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ अप्रिल। हङकङमा आज विहीवार ८ आयातित र २ स्थानीय गरी १० जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५५० पुगेको छ।

आयातित सङ्क्रमितमा ५ जना फिलिपिन्सबाट र ३ जना इन्डोनेसियाबाट आएका रहेका छन्।

३ वर्षीया बालिका स्थानीय सङ्क्रमित पुराना केससंग संबन्धित छन् भने १ जनाको संक्रमणको स्रोत खुलेको छैन।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३० जनाको उपचार भइरहेको छ। ८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41411