चीनद्वारा कोदारी राजमार्गको स्तरोन्नतिका लागि साढे १४ अर्ब सहयोग

काठमाडौ, चैत १५ – चीनले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिका लागि ९० करोड आरएमबी १४ अर्ब ५० करोड नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

चीन भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवसँग शनिबार भएको भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उक्त सहयोग घोषणा गरेका हुन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीले राष्ट्रपति यादवसँगको भेटमा चिनियाँ राष्ट्रपतिले ९० करोड आरएमबी (चिनियाँ मुद्रा) उपहारस्वरुप सहयोग गर्ने घोषणा गरेको जानकारी दिए। ‘यो रकम कोदारी राजमार्गको स्तरोन्नतिका लागि खर्च गर्ने सहमति भएको छ,’ उनले भने।

यसबाहेक चीनले आगामी पाँच वर्षमा १५ सय नेपाली विद्यार्थीलाई विभन्नि छात्रवृत्ति दिने घोषणा पनि राष्ट्रपति सीले गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। चीनले नेपाललाई उपलब्ध गराउने सहयोगबारे यसअघि नै नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराएका थिए।

यो पनि पढ्नुहोस्
चीनबाट हालसम्मकै ठूलो लगानी आउँदै…

काठमाडौ, चैत ४ – चीनीयाँ लगानीकर्ताकातर्फबाट अहिलेसम्मकै ठूलो लगानी आउने भएको छ। चीनको दसौं ठूलो सिमेन्ट उत्पादक होङसी ग्रुपले नेपालमा अहिलेसम्मकै ठूलो लगानी भित्राउन लागेको हो।

२१ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशीक लगानी (एफडिआई) ल्याउने गरि नेपालको शिवम होल्डीङ ग्रपसंग मंगलबार सम्झौता भएको छ। उद्याेग विभागका अनुसार चीनिका एउटै लगानी लगानीकर्ताले २० अर्ब रुपैयाँ भन्दा बढीको एफडिआई स्वीकृत गराएका छैनन्। जलविद्युत आयोजनाका लागि २० अर्ब २४ करोड रुपैयाँ र ४ अर्ब ८ करोड रुपैयाँ चीनका तर्फबाट यस अघिको ठूलो एफडिआई हो। यस बाहेक एक प्रतिष्ठान तथा लगानीकर्ताले अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छैनन्। उक्त आधारमा होङसीले ल्याउन लागेको लगानी अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

‘चीनको तर्फबाट नेपालका लागि पुर्वाधारमा सबैभन्दा ठूलो लगानी हुने छ,’ सम्झौता समारोहमा चीनियाँ राजदुत उ चुनताईले भने, ‘यो लगानीले सकारात्मक सन्देश जाने छ। अन्य लगानीकर्तालाई पनि आकषिर्त गर्ने छ।’ होङ्सी शिवम सिमेन्ट प्रालीमा नेपाली लगानीकर्ताको भने ७ अर्ब रुपैयाँ मात्रै हुने छ। उक्त आधारमा शिवम होल्डीङको ३० र होङ्सी ग्रुपको ७० प्रतिशतको अनुपातमा लगानी रहने छ। सम्झौता समारोहमा राजदूत चुनताई, अर्थमन्त्री रामशरण महत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त लगायतको उपस्थीति रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ। पछिल्लो समयमा चीनिको तर्फबाट नेपालको अर्थतन्त्रका लागि सकारात्मक गतिविधि भईरहेको अर्थमन्त्री महतले बताए।





Comments

comments

5110