२० वर्षीया भतिजीको हत्या गरेर आफू पनि झुण्डिएर मरे

सुरुङ्गा। पूर्वोत्तर झापाको बाहुनडाँगीमा विहीबार बिहान एक व्यक्तिले आफ्नै भतिजीको घाँटी रेटी हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन्। 

बाहुनडाँगी–९ निवासी ३४ वर्षीय उमेश राईले माइला दाजुकी छोरी २० वर्षीया छोरी अनिता राईको घाँटी रेटी हत्या गरेपछि आफू पनि झुण्डिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घरको भान्सा कोठामा भतिजी अनिताको हत्यालगत्तै सोही हतियारले घाँटीमा चोट लागेका उमेशले घर नजिकैको आँपको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

घटनाबारे अनुसन्धान भइरहेको जिप्रका झापाका प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए। (रासस)





Comments

comments

5142