थाई बक्सिङमा गोल्ड मेडल पाउने नेपाली खेलाडीलाई सम्मान

एचकेनेपाल डट कम संवाददाता –
थाईल्याण्ड, एनआरएन थाइल्याण्डले हाल बैंककमा सम्पन्न मुयेइ थाई (थाई बक्सिङ्ग) को वर्ल्ड चेम्पन्शिपमा गोल्ड मेडल बिजेता नेपाली खेलाडीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

वर्ल्डम्याक गेम्सको आयोजनामा मार्च १२ देखि २२ तारिखसम्म हुआमाक स्टेडियम बैंककमा सम्पन्न उक्त टुर्नामेन्टमा निकेश तामाङले ४८ देखि ५१ किलो तौल समूहमा गोल्ड मेडल जित्न सफल भएका थिए। विभिन्न ५१ देशले भाग लिएको उक्त प्रतिस्पर्धामा नेपालको तर्फबाट तामांगसहित अर्का खेलाडी समिप राई सामेल थिए।

सम्मान समारोहमा बोल्दै एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले थाई बक्सिङ्गमा नेपाली खेलाडीले गरेको जीतले नेपालको नाम विश्वमा उच्च राखेको र यसले नेपाल थाइलेण्डबीचको समन्धलाई पनि सुधार गर्ने बताए। खेलाडीलाई एनआरएनको तर्फबाट प्रशंसा पत्र बितरणगर्दै अध्यक्ष ढकालले नेपाल थाई बोक्सिंग संघलाई थप सक्रिय हुन आग्रह गर्दै एनआरएन थाइल्याण्डले भबिष्यमा पनि थाई बक्सिङ्ग खेलको बिकाश गर्न आबश्यक सहयोग पुर्याउने प्रतिबद्दता ब्यक्त गरे। ढकालले नेपालले क्रिकेटमा जस्तै थाई बक्सिङ्गमा पनि अन्तराष्ट्रिय सफलता हासिल गर्ने सम्भावना देखिएकोले नेपाल सरकारले यस खेलको प्रबर्धन र बिकासमा बिशेष चासो दिन आग्रह पनि गरे।

कार्यक्रममा बोल्दै नेपाल थाई बोक्सिंग संघका अध्यक्ष नमराज भण्डारीले एनआरएन थाइल्याण्डले गरेको सहयोग र समर्थनले आफूहरुलाई थप उत्साह पुगेको र बिदेशमा जादा पनि नेपाल आफुसंगै भएको अनुभब एनअारहरुलेले गराएको बताए। थाई बक्सिङ्गको केन्द्र थाईलेन्ड भएकोले एनआरएन थाईलेन्डको सहयोगले भबिष्यमा पनि खेलाडीहरुको बिकासमा बिशेष महत्व राख्ने विचार ब्यक्त गरे। गोल्ड मेडल बिजेता तामाङ यस उपलब्धिले आफूलाई ब्यबसायिक रुपमा अगाडि बढ्न हौसला मिलेको बताए।

सम्मान समारोहपछि एनआरएन थाइलेण्ड र हिमालय रेष्टुरेण्टको संयुक्त आयोजनामा खेलाडीहरुको लागि एक दिवा भोजको पनि आयोजना गरिएको थियो।

दिवाभोजमा एनआरएन थाइल्याण्डका खेलकुद बिभाग प्रमुख सोम्बाट राइ, युवा बिभाग प्रमुख दिपेश श्रेष्ठ, संचार बिभाग प्रमुख आशाजिता अवाले, सूचना प्रबिधि बिभाग प्रमुख रविन महर्जन, सेन्ट्रल रिजनल कोअर्डिनेसन काउन्सिलका संयोजक भबेन्द्र बस्नेत, सचिब गणेश खनाल र कोषाध्यक्ष मल्लिका जोशीले मन्तब्य दिदै खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

यस्तै गरि एनआरएन थाइलेण्ड सेन्ट्रल रिजनल कोअर्डिनेस काउन्सिलका संयोजक भबेन्द्र बस्नेतले पनि खेलाडीको सम्मानमा एभेरेष्ट किचेन बैंककमा लञ्चको आयोजना गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

5224