तपाईंले पठाएको रेमिट्यान्स कहाँ जान्छ ?


रेमिट्यान्सको उपलव्धि खै ?

निश्चल काउचा
/ एचकेनेपाल डट कम –
रोजगारीको शिलशिलामा दिनहु १५ सय युवा बिदेश भासिन्छन्। उसो त त्यसरी नै बिदेश भासिएका लाखौं नेपाली युवाहरुले दैनिक १ अर्ब ५२ करोड रेमिट्यान्स नेपाल पठाउंछन्। अबैधानिक हुण्डी मार्फत पनि त्यतिकै मात्रमा रकम नेपाल भित्रिने गर्छ।

दैनिक त्यतिका धेरै रेमिट्यान्स भित्रिने गरे पनि ४ प्रतिशत मात्र बचत हुने गरेको छ भने ८२ प्रतिशत रकम त दैनिक उपभोग्य वस्तुमा खर्च गरेको छ भने बाँकी रकम आवास, शिक्षा र स्वास्थ्यमा खर्च हुने गर्छ।

बिदेश भासिएका प्राय युवाहरुको सपना भनेको कुनै शहरको छेउछाउमा घडेरी किनेर दुई चार तलाको घर बनाउने हुने गर्छ। पछिल्लो समयमा गाउघर छोडेर शहरीकरण हुने तिब्र छ। गाउंघरतिरका बारी र खेत दिनानुदिन बाँझो हुँदैछन। नेपालमा महंगीले आकाश छोएको छ। नेपाल अलैची बाहेक कुनै पनि खाद्य वस्तुमा आत्मनिर्भर छैन। कोदोदेखि फापरसम्म आयात गरेर खान परेपछि नेपाल सरकारका मन्त्री बनाउंदाहरुले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ भनेर नाक फुलाउदै भाषण गर्नुको कुनै तुक छैन।

गल्फ र मलेसिया पुगेका अधिकांश नेपाली युवाहरुको तलव न्युन हुने गर्छ। उनीहरुको तलवले परिवार पाल्न र छोराछोरी पदाउन ठीक्क हुन्छ। अहिले त झन तिनीहरुका श्रीमतीहरु छोराछोरी पदाउने बाहनामा शहर झरेपछि गाउंघरमा जमिन बाँझो बस्नु र काम गर्न नसक्ने बृद्धबृद्धा मात्र रहनु अब कुनै नौलो कुरा रहेन।

युरोप, अमेरिकादेखि अष्ट्रेलिया, जापान, कोरिया पुगेका अधिकांश नेपालीले हुण्डीमार्फत रकम नेपाल पठाउंछन्। सरकारी पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बढी रेमितट्यान्स मलेसिया, कतार, साउदीबाट भित्रिने गर्छ। विकसित मुलुक र बढी कमाई हुने देशमा पुगेको धाक लगाउने र विभिन्न संस्था खोलेर राजनीति गर्ने नेपालीहरुलाई त्यति पनि हेक्का छैन की हुण्डी मार्फत रकम पठाउदा देशलाई घाटा छ भनेर तर तिनै मान्छेहरुले बिदेशमा हुने बिभिन्न कार्यक्रममा ठूला-ठूला राष्ट्रवादको भाषण छाँट्न भ्याउंछन्।

पछिल्लो समयमा केही भए पनि आशाका किरणहरु देखिदै छन्। नेपाल सरकारले रेमिट हाईड्रो बनाउने योजना सञ्चालन गर्ने तयारी गरिरहेको छ। ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलविद्युत आयोजना निर्माणको लागि रेमिट हाइड्रो योजनामार्फत विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्नेछन्। यो आयोजनामा लगानी गर्नेले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने छन्। यस्तै गरी काठमाडौ-हेटौडा सुरुंग मार्गमा कोरियामा रहेका नेपालीको पनि लगानी छ।

अबका दिनमा नेपाल सरकारले रेमिट्यान्स सहि सदुपयोग गर्न सक्नु पर्छ। रेमिट हाईड्रो जस्तै रेमिट सडक, रेमिट कृषि, रेमिट टुरिज्म, रेमिट स्वास्थ्य, रेमिट शिक्षा जस्ता आकर्षक योजनाहरु ल्याउनु पर्छ। बिदेशमा रहेका नेपालीहरु लगानी गर्न तयार छन् तर लगानी सुरक्षित हुनु पर्‍यो। बिदेश रहेका सम्पूर्ण हामी नेपालीहरु एउटै साझा आवाज रहेको छ। बिदेशी भूमिमा तातो रगत पसिना बगाएर कमाएको रेमिट्यान्सको सहि सदुपयोग होस्। हामी नेपाली कहिलेसम्म बिदेशमा गुलाम गरिरहने र नेपाललाई लेबर फ्याक्ट्री रुपमा कहिलेसम्म चिनाउने के यसको जवाफ नेपाल सरकारसँग छ?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

5228