Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छोरीले गरिन् ८० वर्षीय बाबुको बञ्चरोले हानेर हत्या

बजार, ९ चैत। बागलुङको तित्याङ–८ मा छोरीको बच्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ। 

चालीस वर्षीया शर्मिला थापाको बञ्चरो प्रहारबाट करिब ८० वर्षीय बाबु पतिराम थापाको घटनास्थलमै मृत्यु भएको हो।

आफ्नै छोरीको बञ्चरो प्रहारबाट ७५ वर्षीया आमा जमुना थापा पनि गम्भीर घाइते हुनुभएको छ।

घरायसी विवादका कारण छोरीले बाबुआमामाथि बञ्चरो प्रहार गरेको बुझिएको छ। बञ्चरो प्रहार गरी फरार थापालाई प्रहरीले पक्राउ गरेको छ।

बिहे नगरी बसेकी थापाको मानसिक सन्तुलन ठीक नभएका कारण औषधि सेवन गरिरहेको स्थानीयवासी टीकाराज पौडेलले बताउनुभएको छ। (रासस)





Comments

comments

5230