हङकङमा यो वर्षकै पहिलो शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त

एचकेनेपाल डट कम – हङकङमा यो वर्षकै पहिलो शक्तिशाली आँधीले यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ।


फाइल फोटो

हङकङको मौसम विभागले स्थानीय समय अनुसार अपरान्ह ४ः४० बजे ८ नं. लिङ्फा टाईफून (शक्तिशाली आँधी) शुरु भएर राति १०:१० बजेसम्म कायम रहेको जनाएको छ। यो समाचार तयार पारुञ्जेल (१०:३०) सम्म टाईफून नं. ३ अद्यावधि कायम छ।

यसअघि नै, सरकारले शक्तिशाली आँधीबाट हुन सक्ने धनजनको क्षतिबाट बँच्न सर्बसाधारणलाई सतर्क रहन आह्वान गरेको थियो।

बिहानदेखि ३ नं.को आँधीबाट बढेर अपरान्ह ४ः४० मा बजे ८ नं. टाईफून (शक्तिशाली आँधी) आएपछि सतर्क रहन, घरभित्रै बस्न वा बाहिर भए सुरक्षित स्थानमा आश्रय लिन सरकारले सूचना जारी गरेको थियो।


८ नं टाईफून आउने जानकारी पाएपछि घर जाने तयारीमा एमटीआर (भूमिगत रेल) कुर्दै

अपरान्ह आँधीका कारण सबै विद्यालय, शिशुस्याहार केन्द्र, वृद्ध सेवा केन्द्रलगायत बन्द भए। हङकङबाट उडान भर्ने पूर्वनिर्धारित ५२० उडानहरु आँधीका कारण प्रभावित भएका छन्। साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका विमानका सबै उडान तालिकाहरु परिवर्तन गरिएको विमानस्थल प्राधिकरणले जनाएको छ।


८ नं टाईफूनका कारण बन्द गरिएको स्टार फेरीको मूलद्वार… तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम थप तस्वीरहरु यहाँ छन्






Comments

comments

Leave a Reply

7374