नाकाबन्दी तत्काल अन्त्य गर्न एनआरएनको अपील

एचकेनेपाल डट कम संवाददाता –
विदेशमा रहेका हिमाल पहाड र तराईका लाखौं नेपालीको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिणी नेपालमा भइरहेको राजनीतिक बिरोध र प्रर्दशन तथा पछिल्लो केही महिनादेखि भारतको अघोषित नाकाबन्दीले उत्पन्न गम्भीर मानवीय संकटका कारण दुखित भएको छ।

जारी प्रर्दशनका क्रममा सयौं मानिस मरेका वा घाइते भएका छन् र इन्धन संकटले सवारी दुर्घटना निम्त्याएका छन्। अत्याधिक भिड हुने सवारी साधनको छतमा खतरनाक ढङ्गले महिला, बालबालिका र ज्येष्ठ नागरिकसहितका यात्रुहरु यात्रा गर्न बाध्य भएका छन्। अत्यावश्यक सामाजिक सेवाहरु प्रभावित भएका छन् र अस्पतालहरु अत्यावश्यक औषधि र सामग्रीको अभाव झेल्दैछन्।

युनिसेफका अनुसार १६ लाख बालबालिका लगभग तीन महिनदेखि विद्यालय जानबाट बञ्चित छन्। धेरै उद्योग धन्दा र साना ब्यापार बन्द भएका छन् र अत्यावश्यक आपूर्ति र सेवाहरुको गम्भिर अभाव पैदा भएको छ।

यसले पहिले नै गम्भिर समस्याका रुपमा देखापरेको बेरोजगारी झनै बिकराल बनाएको छ। मूख्य सिजन कै समयमा पर्यटन व्यवसाय गम्भीर रुपमा प्रभावित भएको छ।

यो सबै ६ महिना पहिलेको बिनासकारी भूकम्पको प्रभावसंग जुधिरहेको कठिन समयमा भएको छ। संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, दाताहरु सहितका अन्तर्राष्ट्रिय समुदायले यसैका कारण भूकम्पपछिको पुनर्निर्माण प्रयास रोकिएको गुनासो गरेका छन्।

यो समयमा नेपालमा खुसी साट्ने र चाडपर्वहरु मनाउनु पर्ने हो । तर, देश विदेशमा बस्ने र काम गर्ने लाखौं नेपाली र भारतमा बस्ने र काम गर्ने नेपालीहरु (जसका नातेदारहरु सीमापारी बस्छन्) आफ्नो पूख्र्यौली थलोमा पुगेर दिपावली र छठ मनाउन सक्ने अवस्थामा छैनन्।

संघका अध्यक्ष शेष घलेद्वारा जारी प्रेस विज्ञप्तिमा भनेको छ, यस्तो खेदजनक अवस्था तुरुन्तै अन्त्य हुनुपर्छ, हामी विशेषगरी भारतलाई दुईदेशका जनताबीच रहिआएको सद्भावना र मित्रतालाई दिगो राख्दै उसले लगाएको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्न अपिल गर्दछौं।

हामी नेपाल सरकार र आन्दोनरत दलहरुलाई उचित संवैधानिक र शान्तिपूर्ण प्रक्रियाको पालना गर्दै संवादमार्फत छिट्टै सबै विवादित मुद्दाहरुको समाधान खोज्न आग्रह गर्दछौं ।

एनआरएनए आफै पनि नेपालीहरुको सहयोगार्थ मानवीय सहयोग परिचालन गर्न अगाडी बढ्दैछ।

नेपालमा जारी मानवीय संकट समाधानका लागि गैरआवासीय नेपाली संघले निम्न कार्य गर्ने जनाएको छ –
सरकारी निकाय र साझेदारहरुसंग समन्वय गरी अस्पताल तथा स्वास्थ्य चौकीलाई चाहिने औषधि र चिकित्सा तथा शल्य चिकित्साजन्य सामाग्री एवं मानवीय सहयोग प्रदान गर्ने छ।

जाडो समयका लागि आवश्यक पर्ने कम्बल र अरु सामाग्री संकलन र वितरण गर्न एउटा ‘एनआरएनए संकट सहयोग समूह’ गठन गर्ने छ।
संकटको सकारात्मक समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलकदमीलाई संघले जारी राख्ने छ।





Comments

comments

Leave a Reply

9489