नेपालीलगायतको व्यापक विरोधपछि मोदीलाई अर्कै बाटो भगाईयो

लन्डन, रोजगारीका लागि सात समुद्रपारिको देश आएर काम गर्नुपरेको छ। मातृभूमिबाट जति टाढा भइयो, उति धेरै देशको माया लाग्दोरहेछ।

नेपालको राजनीतिक अवस्था जुन रूपमा गुज्रिरहेछ, त्यसमा पनि पछिल्लो समय भारतले लगाएको नाकाबन्दीले हामी बेलायतबासी नेपाली थप चिन्तामा छौं। अनि नाकाबन्दी लगाउने भारतप्रति क्रुद्ध।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत आउने सूचना समयमै पाएका थियौं। हामीले नेपालविरुद्ध नाकाबन्दीजस्तो अमानवीय कदम फिर्ता लिन दबाब दिनुपर्छ भन्ने सोच्यौँ। बेलायतमा भएका विभिन्न नेपाली संघसंस्थाले संयुक्त रूपमा प्रदर्शन गर्नुपर्छ भन्ने योजना बन्यो।

फेसबुकमार्फत गरिएको तीन साताको प्रयासबाट हामीले लन्डनमा मोदीको विरोधमा निक्कै बाक्लो उपस्थितिमा प्रदर्शन गर्न सक्यौं। यसको संयोजन फोटो पत्रकार एभरेस्ट गौतमले गरेका थिए।

बिहीबार दिउँसो १ बजे मोदी डाउनिङ स्ट्रिट आउने कार्यक्रम थियो। हामीले घडी हेर्‍यौं, १ बजिसकेको थियो । तर मोदीको आगमन भएन। १ः१२ बजे टेलिभिजन क्यामेरा पर्सनहरू यताउता दौडेको देख्यौं।

उनी बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग वार्ता गर्न टेन डाउनिङ स्ट्रिटबाट आएनन्। उनी जहाँबाट आउँदैछन् भन्ने सूचना पाएका थियौं, हामी त्यही बाटो उनलाई पर्खिरहेका थियौं। उनलाई अर्को बाटोबाट लगिएछ।

यसरी हाम्रो प्रदर्शनका कारण मोदीको भ्रमणको रुट नै परिवर्तन गरिएछ। विरोध प्रदर्शनमा गैरआवासीय नेपाली संघ (एनआरएन), अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली हार्ट फाउन्डेसन, राजनीतिक दलका भ्रातृ संस्थालगायत ३० वटा जति संस्थाले सहभागिता जनाएका थिए। अन्नपूर्णपोष्टमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9593