यस्ता छन् डार्क सर्कल हटाउने तरिका…


मह
मह निकै उपयोगी औषधि हो। सुन्दरताका लागि पनि यसले मस्चराइजर, स्किन टोनर र क्लिनजरले राम्रो काम गर्छ। महलाई डार्क सर्कल भएको ठाउँमा लगाउँदा निकै लाभ मिल्छ। आँखाको तल मह लगाएर आधा घन्टापछि धुने गर्नुहोस् । डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ । पूरा ठीक नभएसम्म नियमित लगाउनुहोस्।

मह र काँक्रोको रस
एक भाग मह र दुई भाग काँक्रोको रस मिलाउनुहोस् । यसलाई आँखाको तल लगाउनुहोस् । केही समयपछि अनुहार धुनुहोस् । यो विधि कम्तीमा तीन हप्तासम्म गर्नुहोस् । डार्क सर्कलको समस्याबाट छुट्कारा पाउनुहुन्छ।

मह र बदामको तेल
बदाम तेलमा छालामा निखारता ल्याउने गुण हुन्छ । बदामको चार थोपा तेलमा आधा चम्चा मह मिसाएर लगाउनुहोस् । केही समयपछि यसलाई मनतातो पानीले धुनुहोस्।

मह र केरा
मह र पाकेको केरालाई मिलाएर लगाउँदा पनि डार्क सर्कल हटाउन सकिन्छ । केराका स–साना चानालाई एक चम्चा महसँग मिलाएर लगाउने । लगाएको लेप सुक्खा भइसकेपछि पानीले अनुहार धुने गर्दा समस्या हराउँदै जान्छ।

मह र कागती
कागतीका केही थोपामा मह मिसाएर आँखाको तल्लो भागमा लगाउनुहोस् । २० मिनेट राखेपछि अनुहार पखाल्नुहोस् । डार्क सर्कल मेटिँदै जान्छ।

(नयाँपत्रिका)





Comments

comments

Leave a Reply

9925