हङकङमा नेफ्टा अवार्ड : उत्कृष्ट नायक नायिकामा अर्पण र केकी

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २० अक्टोबर। रिद्धी सिद्धी सातौ नेफ्टा फिल्म अवार्ड हङकङमा सम्पन्न भएको छ। नेफ्टा फिल्म अवार्ड समापनको एकसातापछि फेरि अर्को पहिलो इन्फा अवार्ड हङकङमै सम्पन्न भएको छ। सोमवार बेलुकी सिम सा चुईस्थित बीपी इन्टरनेशनल होटलमा आयोजित रिद्धी सिद्धी सातौ नेफ्टा फिल्म अवार्ड समारोहलाई सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, वरिष्ठ चलचित्रकर्मीहरू र आयोजकहरूले संयुक्तरूपमा उद्धाटन गरेका थिए।


तस्वीरहरूः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

यस वर्ष अर्पण थापाले चलचित्र धन्दाबाट सर्वोत्कृष्ट नायक र बितेका पलबाट केकी अधिकारीले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारेका छन्। त्यसै गरी धन्दा चलचित्रले सर्वोत्कृष्ट फिल्म र सोही चलचित्रबाट सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्। सर्वोत्कृष्ट सह-अभिनेत्री प्रियंका कार्की (नाइ नभन्नु ल २), सर्वोत्कृष्ट नव अभिनेता गौरव पहारी (मञ्जरी), सर्वोत्कृष्ट नव अभिनेत्री पूजा शर्मा (मधुमाश)र सर्वोत्कृष्ट नव निर्देशक सुरज भूषाल (मौन)ले पाएका छन्।

त्यस्तै, प्रोत्साहन पुरस्कार स्वतन्त्र प्रताप शाह, पपुलर अभिनेत्री नम्रता श्रेष्ठ, पपुलर अभिनेता जीवन लुईटेल पपुलर फिल्म छ एकान छ ले पाएका छन्।

अवार्ड समारोहमा नायिका झरना थापासहित नायकहरु जीवन लुइटेल, दीलिप रायमाझी, सुदर्शन थापाले नृत्य प्रस्तुत गर्दै स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरे। कार्यक्रममा नायकहरु गौरव पहारी, सुदर्शन थापा, दीलिप रायमाझी, नायिकाहरु नन्दिता केसी, मलिना जोशी, नीता ढुंगाना, केकी अधिकारी, पूजा शर्मा लगायतले नृत्य प्रस्तुत गरेका थिए।

अवार्ड समारोहमा नेपाल चलचित्र प्राविधिक संघले संगीतकार शम्भुजित बास्कोटालाई ‘महान संगीतकार’ र नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’को रुपमा सम्मानित गरेको छ। त्यस्तै, एनआरएन हङकङ र ग्रेट पर्फेट कम्पनीले नायक भुवन केसी र एसएसपी रमेश खरेललाई सम्मान गरेको छ।

थप तस्वीरहरू यहाँ छन्

यो पनि हेर्नुहोस्ः
यस्तो रह्यो हङकङमा पहिलो इन्फा अवार्ड (भिडियोसहित)
एचकेनेपाल डट कमको विशेष रिपोर्टः समाचार, भिडियो र चित्रमय झलकहरूसहित

स्थानीय समय १२:२० बजे, हङकङ
बेष्ट सपोर्टिङ रोल फिमेलः प्रियंका कार्की (नाइ नभन्नु ल २)
बेष्ट सपोर्टिङ रोल मेलः सन्दीप क्षेत्री (६ एकान ६)
बेष्ट क्यारेक्टर आर्टिस्ट फिमेलः अरूणा कार्की (साँघुरो)
बेष्ट क्यारेक्टर आर्टिस्ट मेलः दयाहाङ राई (साँघुरो)
बेष्ट नेगेटिभ रोलः झरना थापा (कोही त छ)
बेष्ट चाईल्ड आर्टिस्ट: अनुभव रेग्मी (नाइ नभन्नु ल २)
बेष्ट कमेडी: विल्सनविक्रम राई (प्रड्युसर)
बेष्ट प्लेब्याक फिमेल: मिलन आमात्य (नोटबुक)
बेष्ट प्लेब्याक मेल: स्वरुपराज आचार्य पागल म बन्न सक्छु
बेष्ट ब्याकग्राउण्ड स्कोरः अलिश कार्की (६ एकान ६)
बेष्ट म्युजिकः बसन्त सापकोटा (रिदम)
बेष्ट लिरिक्सः कृष्णहरि बराल (नाइ नभन्नु ल २)
बेष्ट सिनेमाटोग्राफीः शैलेन्द्र डी कार्की (बधशाला)
बेष्ट ड्रेसः निलिमा शर्मा (बितेका पल)
बेष्ट डान्स डाइरेक्सनः रेनिशा राई (भिषा गर्ल)
बेष्ट फाइट डाइरेक्सनः हिमाल केसी (वार)
बेष्ट साउण्ड मिक्सिङः दीप तुलाधर (प्रड्युसर)
बेष्ट इडिटरः लोकेश बज्राचार्य (कर्कश)
बेष्ट स्टोरीः अर्पण थापा (धन्दा)
बेष्ट स्क्रीन प्लेः सुवर्ण थापा (सुनगाभा)
बेष्ट डायलगः दिपकराज गिरी (६ एकन ६)
बेष्ट मेकअपः निमा लामा (धन्दा)

स्थानीय समय १२:१५बजे, हङकङ
नायिका करिश्मा मानन्धरलाई नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिकाको रूपमा सम्मानित गरिएको छ।

स्थानीय समय ११:५५ बजे, हङकङ
वरिष्ठ संगीतकर्मी शम्भुजीत बास्कोटालाई नेपाल चलचित्र प्राविधिक संघद्वारा महान संगीतकारको उपाधिबाट सम्मानित गरिएको छ।

स्थानीय समय ११:३५ बजे, हङकङ
शम्भुजित बास्कोटा मञ्चमा छन्, उनी पुराना गीत गाउनमा मस्त छन्। मिक्स गीतहरू गाउंदै…

स्थानीय समय ११:२० बजे, हङकङ
विल्सनविक्रम राई उर्फ तक्मे बुढाले हसाउँदै छन्।

स्थानीय समय १०:३१ बजे, हङकङ
नायिकाद्वय नन्दिता केसी र मलिना जोशी नेपाली मिक्स गीतमा नृत्य प्रस्तुत गर्दैछन्।

स्थानीय समय १०:०० बजे, हङकङ
स्थानीय साँगीतिक समूह माइनस जिरोले साँगीतिक प्रस्तुती दिदै।

स्थानीय समय ९:४६ बजे, हङकङ
हङकङका नेपालीको तर्फबाट एनआरएन हङकङले सदाबहार रोमान्टिक नायक भुवन केसी र एसएसपी रमेश खरेललाई सम्मान गरिएको छ। खरेलले समारोहमा बोल्दै नेपालमा कानुनी राज्यको प्रत्यानुभूति दिलाउन आफू प्रयाशरत रहने बताए।

स्थानीय समय ९:३५ बजे, हङकङ
चर्चित गायिका रजिना रिमालले ‘म पागल बन्न सक्छु…’ कर्णप्रिय गीत गाउंदै छिन्।

स्थानीय समय ९:१० बजे, हङकङ
उद्धाटन समारोहमा महानायक राजेश हमाल, संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ चलचित्रकर्मी नीर शाहसहित आयोजक र स्थानीय आयोजकहरू उपस्थित छन्। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले नेफ्टा अवार्डको सातौँ संस्करणको उद्घाटन गरेका छन्। कार्यक्रमको सञ्चालन दिनेश डिसीले गर्दैछन्। लाइभ अपडेटको लागि एचकेनेपाल डट कमको डेस्कमा पशन तमू रहेका छन् भने कार्यक्रम स्थलबाट समाचार, फोटो भिडियोको लागि जगतअम्बु गुरूङ र देवराज राई छन्।

स्थानीय समय ८:३० बजे, हङकङ
कार्यक्रम सुरू भएको छ। महानायक राजेश हमालले कविता वाचन गरेका छन्।

स्थानीय समय ८:२० बजे, हङकङ

थप तस्वीरहरू यहाँ छन्

तस्वीरहरूः जगतअम्बु गुरूङ र देवराज राई

स्थानीय समय ७:४५ बजे, हङकङ
सिनेकर्मीहरू कार्यक्रम हुने होटल परिसरमा आइसकेका छन्। हाम्रा फोटो पत्रकार जगतअम्बु गुरूङका अनुसार अहिले फोटो सेसन भइरहेको छ।

स्थानीय समय ५:३० बजे, हङकङ
अब केही घण्टापछि हङकङको सिम सा चुईस्थित बीपी इन्टरनेशनल होटलमा नेफ्टा अवार्ड समारोह हुदै छ। समारोहमा सहभागी हुन नेपालबाट चर्चित चलचित्रकर्मीहरू हङकङ आएका छन्। नेफ्टा अवार्ड सातौँ संस्करणको हामीले समाचार, तस्वीर तथा लाइभ भिडियो प्रकाशित गर्ने जमर्को गर्दैछौं, हामीसंगै रहनु होला…


बीपी इन्टरनेशनल होटल जहाँ नेफ्टा अवार्ड समारोह हुंदैछ

आज हङकङमा नेफ्टा अवार्डको सातौँ संस्करण हुंदै
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २० अक्टोबर। नेफ्टा अवार्डको सातौँ संस्करण (7th NEFTA Film Award) आज हङकङमा हुंदै छ। अवार्ड समारोह सिम सा चुईस्थित बीपी इन्टरनेशनल होटलमा बेलुका ८ बजे हुने आयोजकले जनाएको छ।


नेफ्टा अवार्ड समारोहमा सहभागी हुन हङकङ आइपुगेका महानायक राजशे हमाल। तस्वीरः विनय शाह / फेसबुक


वर्षको लोकप्रिय कलाकारको नोमिनेशनमा परेका नायक नायिकाहरू

हङहङमा पहिलो पटक आयोजना हुन गइरहेको अवार्ड समारोहको उद्धाटन सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालबाट हुने छ भने एसएसपी रमेश खरेलको विशेष उपस्थिति हुने छ। नेपालबाट चलचित्रकर्मीहरू अवार्ड समारोहमा सहभागी हुन हङकङ आइसकेका छन्।

कार्यक्रमबारे थप जानकारीको लागि माथिको पोष्टरमा क्लिक गर्नुहोला

समारोहलाई भव्य पार्न निर्देशक बसन्त श्रेष्ठ र उनका सहयोगी दीपेन्द्र बालकले कलाकारहरूलाई नृत्य सिकाएका छन्। दीलिप रायमाझी, सुदर्शन थापा, गौरब पहाडी, केकी अधिकारी, पूजा शर्मा, नीता ढुंगानालयगातका फिल्मी कलाकारहरूले अवार्ड समारोहमा नृत्य प्रस्तुत गर्नेका छन्। त्यसैगरी, जीवन लुइटेलले नन्दिता केसीसंग मिलेर नृत्यद्वारा र महानायक राजेश हमालले कवितामार्फत हालै दिवंगत कलाकार श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको छ। समारोहमा सौगत मल्ल, अर्पण थापा, मलिना जोशीको प्रस्तुती पनि रहने छ।

सुनिलकुमार थापाको एस.के. प्रोडक्नसनको आयोजनामा हुने अवार्ड समारोहको व्यवस्थापनको जिम्मा हङकङको ग्रेट पर्फेट कम्पनीले लिएको छ भने स्थानीय सहआयोजकहरूले दुबैलाई सघाउने भएको छ। नेपालबाट आउने कलाकार र प्राबिधिकको बसोबास र खानपिनको ब्यवस्था गर्न स्थानीय आयोजकसँग सहकार्य गरिने जनाइएको छ। मलेसियामा सम्पन्न छैटौं अवार्ड समारोह भन्दा यस पटकको भव्य हुने आयोजकले दाबी गरेको छ। करीब डेढ करोड खर्च हुने अवार्ड समारोहको रकमको लागि आधा जसो नेपालको आयोजक र बाँकी हङकङको स्थानीय आयोजकले बेहोर्ने जनाएको छ।

थप जानकारी र अपडेटको लागि हामीसंगै रहनुहोला। त्यसको लागि फेसबुकट्विटर @Pashan मा हामीलाई फलो गर्नुहोस्।

7th Nefta Film Award बारे तपाईंको सुझाव र प्रतिक्रिया भए तलको कमेन्ट बक्समा पोष्ट गर्नुहोला, धन्यवाद।

नोमिनेशनमा परेका चलचित्र, कलाकार तथा प्राविधिकहरुको नाम:
1.Best Story
Antaral-Abhimanyu Giri
Dhanda-Arpan Thapa
Mauna-Nabin Gauli
Rhythm- Bikash Raj Acharya
Sungava-Subarna Thapa

2.Best Screenplay
Antaral- Abhimanyu Giri
Badhashala-Manoj Pandit
Mauna-Arpan Thapa
Rhythm- Bikash Acharya
Sungava-Subarna Thapa

3.Best Dialogue
Chha Ekan Chha-Dipak Raj Giri
Khagras-Sailesh Acharya, Nayanraj Pandey
Rhythm-Bikash Acharya
Sanghuro-Binod Paudel
Visagirl-Prachandman Shrestha

4.Best Makeup
Chha eka chha- Shankar
Dhanda-Nima Lama
Karkash-Shyam Lama
Maun-Nima lama
Sanghuro-Saroj Budhathoki

5.Best Dress
Adhibato-Sanu Bharati
Antaral-Sushila Joshi
Biteka Pal-Nilima Sharma
Maun-Ujal Kapali,Bina Ghale
Visa Girl-Tenzin Tseten Bhutiya

6.Best Art Direction
Kali-Santosh Lama
Mero Jeevan Saathi-Raju Penter
Maun-Sheelasha Rajbhandari,Hitman Gurung
Producer-Bijaya Chaudhari
Shirishko phool-Gopal bhutani

7.Best Dance Direction
Biteka Pal-Sankar BC- Jaba Sanjha Parchha
Kali-Kabiraj Gahatraj – Slowly Sloely
Manle Maan lai Chhunchha-Himgyap Tasi-
Chhudaima Samaya- Govinda Rai-Mausam Mausa
Visa Girl-Renasha Rai-Ma Aja kehi

8.Best Fight Direction
Dhanda-Sankar Maharjan
Hamesha-Chanda Panth
Hostel-Asta Maharjan
Kali-Roshan Shrestha
War-Himal KC

9.Best Sound Mixing
Dhanda-Uttam Neupane
Kali-Mukesh Shah
Mahasus-Mukesh Shah
Producer-Deep Tuladhar
Sanghuro-Uttam Neupane

10.Best Editor
Biteka Pal-Bipin Malla
Dhanda-Nimesh Shrestha
Hostel-Surendra Paudel
Karkash-Lokesh Bajracharya
Rhythm-Arjun GC

11.Best Cinematography
Badhashala-Sailendra D. Karki
Chha Ekan Chha-Purusottam Pradhan
Maun-Sanjaya Lama
Moksha-Hari Humagain
Sanghuro-Susan Prajapati

12.Best Lyric
Maun-Bhupendra Khadka-
Kina Kina Mero Jeevan Saathi-Dayaram Pandey-
Timi Sanga Risaer Nai Nabhanu-2-Krishna Hari Baral-
Marne Kasailai Duwan-Naresh Bhattarai-
Bandha Na Bandha Rhythm- Krishan hari Baral-Pagal Ma Banna

13.Best Music
Biteka Pal-Roshan Lama- Yo Juniko
Kali-Basanta Sapkota- Slowly
Nai Nabhannu-2-Suresh Gaire- Marne Kaslai
NoteBook- Basanta Sapkota- Gala Ratai
Rhythm-Basanta Sapkota- Pagal Ma Banna

14.Best Background Score
Chha Ekan Chha- Alish Karki
Kalywood-Bibash paudel
Mahasus-Alish Karki
Moksha-Tsujil Karmacharya
Maun-Rohit Shakya

15.Best Music Arrangement
Kali-Phanindra Rai
Moksha-Navakranti Band
Nai Nabhannu-2-Maharaj Thapa
Rhythm-Maharaj Thapa
Visa Girl-Gopal Rasaili

16.Best Playback (Male)
Karkash-Surendra Man Singh –Taremam
Manjhari-Sanup Paudel-Mayale
Moksha-Sanjib Singh-Khulla Aakash
Nai Nabhannu -2-Prem Pariyar-Marne Kasailai
Rhythm-Sworop Raj Acharya- Pagal Ma Banna

17.Best Playback (Female)
Biteka Pal-Prakriti Giri- Jaba Sanjha Parchha
Mahasus-Durga Pariyar-Ritto Ritto
Notebook-Milan Amatya- Gala Ratai
Rhythm-Rajina RImal-Pagal Ma Banna
Visa Girl-Sreya Sotang-Pal Pal

18.Best Comedy Artist
Chha Ekan Chha-SitaramDurmush
Chha Ehan Chha-Kedar Ghimire
Mero Jeevan Saathi-Bishnu Sapkota
Manjhari-Resham Firiri
Producer-Wilson Bikram Rai

19.Best Child Artist
Manjhari-Sujan Thapa
Nai Nabhannu -2-Anubhav Regmi
Nai Nabhannu -2-Sugyani Bhattarai
Parai-Sujal KC
Rhydam-Anubhav Regmi

20.Best Artist in Negative Role
Chha Ekan Chha-Raj Ballav Koirala
Kohi ta Chha-Jharana Thapa
Manle Manlai Chhunchh-Suman Singh
Madhumas-Manoj RC
Three Lovers-Devu Shrestha

21.Best Character Artist (Male)
Chha Ekan Chha-Sailesh Acharya
Maun-Shekhar Chapagain
Manle Manlai Chhunchha-Keshav Bhattarai
Producer-Laxminath Sharma
Sanghuro- Dayahang Rai

22.Best Character Artist (Female)
Ho yo Maya ho-Hiubala Gautam
Mero jivan Shathi-Shirjana Basnet
Maun-Rashmi Bhatta
Sanghuro-Aruna Karki
Uma-Mithila Sharma

23.Best Supporting Artist (Male)
Aadhi Bato-Sabin Shrestha
Antaral- Kamalmani Nepal
Chha Ekan Chha- Sandip Chhetri
Padmini-Sunil Dutta Pandey
Uma – Prabin Khatiwada

24.Best Supporting Artist (Female)
Antaral- Aasishma Nakarmi
Nai nabhannu -2- Priyanka Karki
Padmini –Sarita Giri
Parai- Nandita KC
Ritu- Reema Bishwakarma

25.Best Debut Actor (Male)
Biteka Pal- Abhinash Gurung
Hostel- Anmol KC
Manjhari- Gaurav Pahari
Moksha-Koshis Chhetri
Producer- Shyam Aryal

26.Best Debut Actor (Female)
Hostel-Prakriti Shrestha
Madhumas-Pooja Sharma
Manjhari- Sujata Koirala
Rang-Darshan Shahi
Ritu-Malina Joshi

27.Best Debut Director
Antaral-Deepa Basnet
Hostel-Hemraj BC
Karkash-Ashif Shah
Maun-Suraj Bhusal
Moksha-Prabin Shrestha

28.Best Actor (Male)
Dhanda-Arpan Thapa
Fitkiri-Saugat Malla
Maun-Arpan Thapa
Mahasus-Aryan Sigdel
Rhythm-Jeevan Luitel

29.Best Actor (Female)
Biteka Pal-Keki Adhikari
Chha Ekan Chha-Nita Dhungana
Kali-Rekha Thapa
Maun-Namrata Shrestha
Uma- Richa Sharma

30.Best Director
Biteka Pal- Suraj Subba Nalbo
Badhshala- Manoj Pandit
Chha Eka Chha-Dinesh DC
Dhanda-Sudarshan Thapa
Rhythm-Bikash Acharya

31.Best Film
Dhanda-Friday Films
Hostel-Durgish Films
Moksha-Shree Ram Balaji Films
Maun-Aakash Aditya Entertainment
Rhythm-One Time Cinema

32.Popular Film of the year
Kaali
Rhythm
Hostel
Nai Nabhanu La 2
Chha Akan Chha

33.Popular Artist of the year (Male)
Aryan sigdel
Saugat Malla
Daya Hang Rai
Arpan Thapa
Jiwan Luitel

34.Popular Artist of the year (Female)
Rekha Thapa
Namrata Shrestha
Keki Adhikari
Priyanka Karki
Nita Dhugana

थप जानकारी र अपडेटको लागि हामीसंगै रहनुहोला। त्यसको लागि फेसबुकट्विटर @Pashan मा हामीलाई फलो गर्नुहोस्।

7th Nefta Film Award बारे तपाईंको सुझाव र प्रतिक्रिया भए तलको कमेन्ट बक्समा पोष्ट गर्नुहोला, धन्यवाद।





Comments

comments

608