Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

​अमेरिकामा नेपाली महिलाहरुको चौथो सम्मेलन सम्पन्न​

विजय थापा / एचकेनेपाल डट कम-
भाद्र २ भर्जिनिया। अमेरिकाको म्यास्याचुसेट्स राज्यको बोस्टनमा नेपाली महिला बिश्व संजाल (एनडब्लुजीएन) को चौथो द्व बार्षिक सम्मलेन सफलतापूर्वक सम्पन्न भएको छ।

आर्थिक सशक्तिकरणको लागि नेपाली महिला एकजुट र बिश्वब्यापी रुपमा संगठित भन्ने सम्मेलनको मुख्य नारा रहेको सम्मेलनले बिश्व भर रहेका महिलाहरुको सम्बन्धमा सशक्त आवाज उठाएको छ।

सम्मेलनमा अमेरिकाका लागि नेपाली कार्यबाहक राजदूत ऋषि घिमिरे, गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले तथा अन्य अतिथिहरुको बिशेष उपस्थिति रहेको थियो। मुख्य वक्ता तथा मानव अधिकारबादी डा. रेणु राजभण्डारीले महिलाहरुका जटिल मुद्धाहरु स्थानान्तरण, महिला बेच बिखन, घरेलु हिंसा, स्वास्थ्य तथा यौन आक्रमण बारेमा प्रकाश पारेकी थिइन्।

सम्मेलनले नेपाली महिलाहरु सम्बन्धि विभिन्न प्रकारका स्रोत जुटाउन अपरिहार्य हुने र त्यसको लागि विभिन्न संघ सहकार्य तथा हातेमालो भै गर्दै काम गर्ने गरि ढोका खुला गरिएको बताईएको छ। सम्मेलनले महिलाहरुको स्तर वृद्धिमा संचार माध्यमको भूमिका, महिलाहरुका उपलब्धि तथा साना ब्यबसाय स्वामित्वका चुनौतीका बिषयमा मस्तिस्क मन्थन गरिएको जनाईएको छ।

महिला अधिकारबादी तथा सामाजिक कार्यकर्ता लिली थापाले हृदय बिदारक कथा सुनाउदा वातावरण निक्कै भावुक बन्न पुगेको थियो। सम्मेलन सूचना तथा उत्प्रेरणामूलक रहेको ठहर गर्दै सहभागी हुने अधिकांशले २ बर्षमा आयोजना हुने सम्मेलनलाई हरेक ६ महिनामा सम्मेलनको आयोजना गरियोस् भनि अनुरोध गरिएको पूर्व अध्यक्ष बिद्या रंजितले बताईन्।

सम्मेलनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट महिला हकहितको लागि आवाज उठाउने र त्यस सम्बन्धमा काम गरिरहेका समाज सेवी तथा महिला अधिकारवादी सहभागी हुन बोस्टन पुगेका थिए।





Comments

comments

1003