Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धरान अमेरिका समाजको तीज भब्यताको साथ सम्पन्न

विजय थापा / एचकेनेपाल डट कम-
भर्जिनिया। सन् २०१० मा अमेरिकामा गैरमुनाफा संस्थाको रुपमा दर्ता भएको धरान अमेरिका समाजको पहलमा डिसी महानगरी क्षेत्रमा यस बर्षको तीज भव्यताको साथ मनाएको छ।​ ​

बिशेषताः डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने महिला चेलीबेटीहरुलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तीज कार्यक्रममा उत्साहजनक रुपमा सहभागिता रहेको संस्थाका वर्तमान अध्यक्ष बिमल आचार्यले बताए।

चेलीबेटीहरुले मातृभूमि र माईतीको सम्झना गर्ने भएकोले एकै ठाउंमा भेला गरि परदेशमा पनि उक्त सम्झनालाई परिपूर्ति गर्ने उद्देश्यको साथ सो आयोजना गरिएको आयोजकले बताएको छ। तीज कार्यक्रममा उपस्थित बिबाहित तथा अबिबाहित महिलाहरुले धुमधाम साथ तीजका गीतमा नांचगान गरेको तथा चेलीबेटीहरुलाई दर स्वरुप मिठा मिठा बिभिन्न परिकारका खानेकुरा खुवाईएको थियो।​





Comments

comments

1005