सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, पुर्वान्चलाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चर्चित भेडेटारलाई भिजुअल माध्यमबाट पर्यटकहरुलाई चिनाउन तथा आकर्षित गर्न एक डकुमेन्ट्री निर्माण गरिएको छ।

धनकुटाको भेडेटारमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि डेस्टिनेसन भेडेटार नाम दियिएको उक्त डकुमेन्ट्रिको विमोचन गरिएको छ। जन गायक तथा पत्रकार किशोर थुलुङ्गको निर्देशनमा वनेको डकुमेन्ट्रिको विमोचन भेडेटार नागरिक समाजका अध्यक्ष रमेश सुव्वाको हातवाट गरिएको थियो।
पहिलो चोटि निर्माण भएको डकुमेन्ट्रिमा भेडेटारको इतिहास, सांस्कृतिक तथा पर्यटकिय सम्वन्धि जानकारीहरुको समावेस गरिएको निर्देशक थुलुङ्गले जानकारी गराए । यसले भेडेटारमा आउने पर्यटकहरुलाई भेडेटारको विषयमा बुझ्न तथा पर्यटन प्रर्वधनमा सहयोग पुग्ने वताउनु भयो। ५१ मिनटको डकुमेन्टिको निर्माण भेडेटार होटल एशोसिएसनले गरेको हो।
होटल भेडेटारको सेमिनार हलमा आयोजित कार्यक्रममा डेस्टिनेसन भेडेटार डकुमेन्ट्रिको प्रदशन समेत गरिएको थियो । उक्त डकुमेन्टिले भेडेटार को सम्पूर्ण विशेषता लाई समेटेको र भेडेटार को पर्यटन प्रवदनक लागि अन्य विभिन्न नया कार्यकर्म हरु समेत ल्याउने भेडेटार होटल एशोसिएसनका सचिव जितेन्द्र रुम्दाली राई बताउनु भयो । भेडेटारमा भर्खरै मात्र १८ फिट अग्लो संख निर्माण गरिएको छ।


