Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बौद्धमा पिकरिश सेलुन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, बौद्ध- टुसालस्थित मोक्तान प्लाजामा एक समारोहका बीच पिकरिश हेयर एंड ब्युटी सेलुन प्रोफेसनल इन्स्टीट्च्युटको उदघाटन नायिका तथा मोडेल रिमा बिस्वकर्मा र दुई जुम्ल्याहा बालकहरुले संयुक्त रुपमा गरेका छन्।

बौद्ध एरियालाई लक्षित गरि ब्युटीसियन करिना लामाले संचालनमा ल्याएको यस इन्स्टीट्च्युटमा मेकअप, हेयर, फेसियल, मेनिकेयर, पेडिकेयरलगायतका सम्पूर्ण सुबिधाहरु एउटै छानामुनि प्रोफेसनल तालिम प्राप्त ब्युटीसियनहरुबाट सेवा उपलब्ध हुनेछ। साथै निकट भबिष्यमा नै हेयर तथा मेकअप सम्बन्धि तालिमसमेत दिइने ब्युटीसियन करिना लामाले बताइन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

998