काठमाडौं, लोकमानले फेरि एकचोटी अख्तियारको आँगनलाई दुरुपयोग गर्दैछन्।

राज्यले पदीय जिम्मेवारी वहनका क्रममा उपयोग गर्न भनी सुविधानमा दिएको सरकारी निवासबाटै दुई वर्षअघि जेठी छोरी अन्माए। फेरि आइतबार उनले कान्छी छोरीलाई त्यहीँबाट अन्माउन अख्तियराबाटै टीकाटालो गरेका छन्।
नेपालको तस्करी साम्राज्यका कुख्यात पात्र मानिने व्यापारी रोहिणी थपलियाका छोरालाई जेठी छोरी डा. आध्यासिंह अन्माउँदा गरेभन्दा पनि चर्को अत्याचार यसपटक गर्दैछन्। कसरी भने, अख्तियारका सहसचिव श्रीधर सापकोटाको परिपञ्चमा एन्फा अध्यक्ष गणेश थापाले गरेका विदेशी मुद्रा अपचलनको मुद्दामा क्षेत्राधिकार मिचेर अख्तियारले सफाइ दिएको थियो। यतिबेलासम्म त फिफाले नै गणेश थापालाई डामिसकेको छ।
तर, उतिबेला लोकमानले क्षेत्राधिकार मिच्नुको कारण पनि यतिबेला झल्किएको छ कि गणेश थापाकी जेठी दिदीका छोरा प्रणयसँग लोकमानकी कान्छी छोरी आकृति अख्तियारको आँगनबाट अन्मँदै छिन्। आजको जनआस्था साप्ताहिकमा खबर छ।


