Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल प्रहरीले लुकाएको एउटा ठूलो दुर्घटना…

गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ।

प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ।

काठमाडौंका विभिन्न स्थानमा शनिबार बिहान साढे तीन बजेदेखि अनियन्त्रित गतिमा हुइँकिएको गाडी माइतीघर मण्डलामा पुगेर दुर्घटना भएको थियो। अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिँदै मण्डला घुमेर थापाथलीतिरै मोड्न खोज्दा दुर्घटना भई उत्तानो परेको थियो।

प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडियाको नाममा छ।

दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहेपनि महिलाको परिचय प्रहरीले गोप्य राखेको खबर नागरिक दैनिकमा छ। स्रोतका अनुसार गाडीमा रहेका युवतीको अवस्थाबारे प्रहरीका उच्च अधिकारी र परिवारबाहेक सबैबाट गोप्य राखिएको छ ।

प्रहरीले चालक रहेका व्यक्तिको थर आफूहरुलाई थाहा भएको अन्यका विषयमा चासो नलिएको भन्दै नाम गोप्य राख्न अनुरोध गरिरहेको छ। घाइतेलाई तत्कालै नर्भिक अस्पतालमा लगेर भर्ना गरिएपनि अर्कै व्यक्तिको नाममा भर्ना गरिएको छ। प्रहरीसँग दुर्घटनाको कुनै रेकर्ड छैन्।





Comments

comments

Leave a Reply

10055