Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
यूएईमा जमेकी महिला व्यवसायी दीपा पाण्डे – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यूएईमा जमेकी महिला व्यवसायी दीपा पाण्डे

आरपी सहयात्री / एचकेनेपाल डट कम –
फुजेरा, यूएई। स्वादिष्ट नेपाली परिकारका साथ विगत दुई वर्षदेखि यूएईका नेपालीहरुको मन जित्न सफल सिल्भर स्पुन रेस्टुरेन्टकी बरदुबईका तीन सञ्चालकमध्ये एक दिपा पाण्डेले उत्तरी इमिरेट्स फुजेरामा नयाँ रेस्टुरेन्ट स्थापना गर्ने बताएकी छिन्। त्यसका लागि गत १० डिसेम्बरमा न्यू सिल्भर स्पुन रेस्टुरेन्ट दर्ता पास भएको रजिस्टेसनपछि उनले जानकारी दिएकी छिन्।

यूएईमा सफल महिला व्यावसायी तथा दानवीर व्यक्तित्वको रुपमा परिचित बुटबलकी दीपा पाण्डेले फुजेरामा एक महिनाको अन्तरालमा दोस्रो व्यावसाय दर्ता गराएकी हुन्। उनले झापाकी लक्ष्मी तामाङको सहकार्यमा एक महिनाअघि फुजेरामै नासिर ब्युटी सैलुन स्थापना गरेकी थिइन्।

फुजेराको सेन्चुरी मल छेउमा रहेको सिकमकम एरियामा स्थापना हुन लागेको न्यू सिल्भर स्पुन नेपाली रेस्टुरेन्टमा दिपा पाण्डेको एकल लगानी हुने बताइएको छ। यसअघि पाण्डेले दुबईको देरामा रहेको ब्युटी फेस सैलुन, बरदुबईकै सिल्भर स्पुन र फुजेराको नासिर सैलुनमा पार्टनरसिपमा काम गरेकी थिइन्। ‘अब आइडिया पाइयो,’ उनले भनिन्, ‘फुजेराको न्यू सिल्भर स्पुन सञ्चालनका लागि आत्मविश्वासले काम गरिरहेकी छु।’

फुजेराका नेपालीहरुलाई नेपाली दालभात, अचार तरकारीका साथ चाडपर्व विशेष परिकारका अतिरिक्त मम, चाउमिन, छोयला, ढिंडो, सोर्मा, बर्गर र पिज्जा पनि उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन्।

नेपालीबाहेक अन्य मुलुकका बासिन्दाहरुका लागि पनि मेनु बनाइने भएका कारण फुजेरामा चाँडै स्थापित हुने पाण्डेले दाबी गरिन्। एक महिनाअघि नै रेस्टुरेन्टको लोकेसन फिक्स भए पनि यहाँको वाणिज्य विभाग तथा नगरपालिकाबाट १० तारिखमात्र स्वीकृति पाएका कारण केही ढिलो भएको उनले बताइन्।

नेपाली समाज यूएईकी उपाध्यक्ष तथा लुम्बिनी वेल्फेयर सोसाइटीकी महिला विभाग प्रमुख दिपा पाण्डेले समाजसेवाको क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेकी छिन्। बुटबलकै अनाथालय, वृद्धाश्रम तथा विभिन्न सामाजिक संस्थालाई नियमित सहयोग पुर्याइरहेकी पाण्डेले आफ्नो व्यावसायबाट प्राप्त मुनाफाको २५ प्रतिशत रकम समाजसेवाका लागि खर्च गर्ने बताएकी छिन्।

एकल महिला भए पनि सहयोगी तथा मिलनसार व्यक्तित्वका कारण नेपाली समुदायमा दीपा पाण्डे दिनप्रतिदिन चर्चाको शिखर चढ्नुका साथै व्यावसायिक रुपमा पनि सफल बन्दै गएकी छिन्। आगामी केही वर्षमा बरदुबई रिकन्सट्रकसन हुने भएका कारण नेपालीहरुको घनत्व बढ्दै गएको फुजेरामा नेपाली व्यावसायीहरु आकर्षित बन्दै गएका छन्।





Comments

comments

Leave a Reply

10079