Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाली वेबसाइटबाटै चोरीको सामान खरिद–बिक्री – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली वेबसाइटबाटै चोरीको सामान खरिद–बिक्री

अनलाइन र सामाजिक सञ्जालका साइट चोरीका सामान खरिद–बिक्रीका माध्यम हुन थालेका छन्। अनलाइनबाट अपरिचितहरूलाई बिक्री गर्दा प्रहरी अनुसन्धानबाट बचिने भएकाले यस्तो तरिका अपनाउन थालिएको हो।

खासगरी हाम्रोबजार डटकमबाट चोरीका सामानहरू खरिद–बिक्री हुन थालेको प्रहरीले जनाएको छ। चोरीका धेरै घटना अनुसन्धानका क्रममा सामानहरू हाम्रोबजार डटकमबाट खरिद–बिक्री हुने गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाका डिएसपी मुकुन्द मरासिनीले बताए।

ठिमीका सजन प्रजापतिको दुई महिनाअघि महँगो मोबाइल चोरी भएको थियो । प्रहरीले चोरिएको मोबाइल ट्रयाक गरी पत्ता लगायो । चोरिएको मोबाइल एकले अर्कालाई बिक्री गर्दै चौथो व्यक्तिले खरिद गरेका थिए । प्रहरीले सबैलाई पक्राउ गर्दै जाँदा एक व्यक्तिले हाम्रोबजार डटकमबाट किनेको खुल्यो । चोरी गर्ने युवक सुजल देउजा भएको खुल्यो । उनका काका सरोज देउजाले हाम्रो बजार डटकमलाई ३० हजार रुपैयाँमा मोबाइल बिक्री गरेका थिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

त्यस्तै, राजीव गिरीले आफ्ना केही ल्यापटप चोरी भएपछि अपराध महाशाखामा निवेदन दिए। अनुसन्धानका क्रममा धनबहादुर तामाङले चोरिएका ल्यापटप हाम्रो बजार डकटकमबाटै बिक्री गरिसकेका थिए। त्यस्तै, निरज पोखरेलले आफ्नै चोरिएको आइफोन हाम्रोबजार डटकममा बेच्न राखिएको थाहा पाएपछि प्रहरीलाई खबर गरे। तर, तत्कालै बिक्रीबाट आइफोन हटाइयो।

हाम्रो बजार डटकमबाटै एउटा मोटरसाइकल चोरीको घटनासमेत भएको डिएसपी मरासिनीले बताए। मैतीदेवीका निरज चित्रकारले वेबसाइटमा बिक्री गर्न विज्ञापन गरेका थिए। मोटरसाइकल किन्न भनेर आएका व्यक्ति टेस्ट ड्राइभ गर्न भनेर बा.४६प ४९६७ नम्बरको मोटरसाइकल चढेर भागे । ती व्यक्तिले अर्काको नाममा लिइएको मोबाइल नम्बरबाट फोन गरी त्यसरी मोटरसाइकल चोरी गरेका थिए । मोटरसाइकल चोरी गर्ने चितवनका शिव क्षत्रीलाई प्रहरीले २५ मंसिरमा चितवनबाटै पक्राउ गरी काठमाडौं ल्याएको छ।





Comments

comments

Leave a Reply

10169