Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘भ्वाइस टेस्ट’मा फेल भएका थिए अमिताभ

भारतीय ‘सुपरस्टार’ अमिताभ बच्चनबारे धेरै जानकारी बाहिर आइसकेका छन्। इलाहाबादमा जन्मेका तथा नैनीताल र दिल्लीमा पढेका अमिताभले सुरुवाती दिनमा धेरै ‘रिजेक्सन’ झेल्नुपर्‍यो।

पहिले उनी इन्जिनियर अथवा भारतीय सैनिकमा सामेल हुन चाहन्थे, तर समयसँगै उनी अभिनयमा लागे अनि स्थापित भए।

दिल्लीमा पढाइ पूरा गरेपछि अमिताभले पहिलो जागिर कोलकाताको ‘सपिङ फर्म’मा काम गरे। त्यहाँ उनको सुरुवाती तलब ५ सय रुपैयाँ थियो। धेरै तलब पाउने भएपछि उनले छोटो समयमै आफ्नो काम बदले। ‘ब्रोकर’ भएर जागिर खाएपछि उनको अन्तिम तलब १,६८० भारतीय रुपैयाँ थियो । त्यही जागिर खाँदा अमिताभले कोलकातामै फिएटको ‘सेकेन्डह्यान्ड’ गाडी किने। तर, त्यो जागिरले पनि उनलाई सन्तुष्टि दिएन।

भारतको रेडियो ‘अल इन्डिया रेडियो’मा समाचारवाचकका रूपमा काम गर्न अमिताभले आवेदन दिए। प्रारम्भिक परीक्षामा पास भएका अमिताभ ‘भ्वाइस टेस्ट’ पछि फालिए।

सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’मा अभिनय गरेपछि अमिताभको चर्चा हुन थाल्यो। त्यो फिल्मका लागि अमिताभले एक हजार भारतीय रुपैयाँ पारिश्रमिकस्वरूप पाएका थिए। तर, यो र यसपछि अमिताभले अभिनय गरेका ११ फिल्म पनि ‘फ्लप’ भए।

उनको पहिलो ‘हिट’ फिल्म ‘जन्जिर’ हो जुन सन् १९७३ मा ‘रिलिज’ भएको थियो। अमिताभको सबैभन्दा प्रिय ‘स्क्रिन नेम’ विजय हो। २० भन्दा बढी फिल्ममा उनको यही नाम छ। बलिउड अभिनेतामा अमिताभ सबैभन्दा अग्ला अभिनेता हुन्। उनको उचाइ ६ फिट २ इन्च छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10167