Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

साउदीमा बन्धक बनाइएका ५० नेपाली कामदार उद्धारको पर्खाईमा…

साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितले गुनासो गरेका छन्। आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनु परेको उनीहरुको गुनासो छ।

ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पहल नभएको बताएका छन्। पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरेपनि दूतावासले सुनुवाई नगरेको बताए। साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कक्पनीमा आर्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको खबर नागरिक दैनिकमा खबर छ।

रोजगारदाता कम्पनीले आवास अनुमति पत्र नवीकरण नगरिदिँदा ती कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका हुन्। उद्धारका लागि पटक पटक आग्रह गरेपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन विताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गरे।





Comments

comments

Leave a Reply

10164